1 year ago
November 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर मयन यादवसँगै मध्यक्रमका रोशन विक र उत्तम थापा मगरले अर्धशतक प्रहार गरेपछि नेपाल यू१९ क्रिकेट टोलीले एसीसी यू१९ एसिया कपको तयारीका लागि कर्नाटकविरुद्ध जारी सिरिजको तेस्रो खेलमा बलियो योगफल खडा गरेको छ ।
मुलपानी क्रिकेट मैदानमा आइतबार टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८२ रनको बलियो योगफल खडा गर्यो । नेपालका लागि रोशन विकले ५७ बलमा नटआउट ८१ रनको योगदान दिँदै बलियो योगफलसम्म पुर्याएका थिए । उनले ६ चौका र ३ छक्का प्रहार गरे ।

विहानी कन्डिसनमा ओपनरद्वय आकाश त्रिपाठी र मयनले संयमित ब्याटिङ गर्दै नेपाललाई राम्रो सुरुवात दिलाए । त्यसपछि मध्यक्रममा रोशन र उत्तमले आक्रामक ब्याटिङ गर्दै नेपाललाई बलियो योगफलसम्म पुर्याए ।
आकाश र मयनले १३ ओभरमा ६३ रनको साझेदारी गरेका थिए । स्पिनरले फ्याँकेको पहिलो ओभरमा पोइन्टमा क्याच आउट हुनुअघि आकाशले २६ रन जोडे । उनले ४० बलमा ४ चौका प्रहार गरे । त्यसपछि अर्जुन र मयनले ५२ रनको साझेदारी गरे । अर्जुनले २५ औं ओभरमा लोहिथको बलमा बोल्ड हुनुअघि २४ बलमा ३ चौकासहित २७ रन जोडे ।

मयन पनि २८ औं ओभरमा कट बिहाइन्ड भए । उनले ९८ बलको सामना गर्दै ६ चौका र २ छक्कासहित ५८ रन जोडे । दिल्शाद अलीको ब्याटबाट पुन: एकपटक रन निस्केन । उनी ३ रन जोड्दै स्पिनर लोहिथकै बलमा कट बिहाइन्ड भए । नरेन भट्टले ३७ औं ओभरमा आउट हुनुअघि १४ रन बनाए । उनी आउट हुँदा नेपाल १७४-५ को स्थितिमा थियो ।
त्यसपछि बागमती प्रदेशबाट खेल्दै आएका रोशन र उत्तमले आक्रामक साझेदारी गरे । ४९ औं ओभरमा आउट हुनुअघि उत्तमले ४४ बलमा ३ चौका र २ छक्कासहित ५२ रन बनाए । यी दुईले ७१ बलमा ९९ रनको साझेदारी गरेका थिए ।

कर्नाटकका लागि स्पिनरद्वय लोहिथ र वासुले २-२ विकेट लिँदा इसा पुथिगे र प्रणव अश्वथले १-१ विकेट हात पारे ।
५ खेलको सिरिज १-१ को स्थितिमा रहेको छ ।
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]