default_image

12 months ago

December 10, 2024

कर्णालीले पोखरालाई हरायो

1086 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अलराउण्डर विलियम बोसिस्टोले ६ विकेट लिएपछि नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सविरुद्ध कर्णाली याक्सले जित हासिल गरेको छ ।

पाँचौ खेलमा तेस्रो जित निकाल्ने क्रममा कर्णालीले पोखरालाई ७ विकेटले पराजित गरेको हो । १ सय ४ रनको सामान्य लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

कर्णालीका लागि गुलशन झाले नट आउट रहँदै ४९ रन जोडे । उनले ३७ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । २२ बलमा ८ रन मात्र जोडेका गुलशनले २३औं बलमा पहिलो बाउन्ड्री प्रहार गरे थिए । उनले पछिल्लो १५ बलमा ४१ रन जोडे ।

चाडविक वाल्टनले ३४ बलमा ६ चौका र १ छक्काको सहयोगमा ४२ रन बनाए । कर्णालीले पहिलो विकेटका रुपमा देव खनाललाई गुमायो । रनको खाता नखोल्दै विपिन खत्रीको बलमा देव बोल्ड आउट भए ।

पोखराका लागि विपिन , सागर ढकाल र कप्तान कुशल भुर्तेलले समान १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा मंगलवारको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १६.३ ओभरमा १ सय ३ रन बनाउँदै अल आउट भएको थियो ।

पोखराका दिनेश खरेलले १९ बलमा २६ रन जोडे । दोस्रो ओभरको तेस्रो बलमा पोखराका ओपनर दिनेशले जीवनदान पाए ।

युवा बलर विपिन शर्माको बलमा युनिश विक्रम सिंह ठकुरीले उनको क्याच मिस गरेका थिए । त्यो समय उनले ६ बलमा ९ रन बनाएका थिए । युनिशकै बलमा दिनेश छैटौं ओभरको तेस्रो बलमा आउट भए ।

अघिल्लो खेलमा लुम्बिनी लायन्सविरुद्ध शतक प्रहार गरेका पोखराका ओपनर आन्द्रेस गौसले यो खेलमा १२ बलमा ४ चौका र १ छक्काको सहयोगमा २५ रन जोडे । गौस विपिन शर्माको बलमा विलियम बोसिस्टोबाट क्याच आउट भए ।

चौधौं ओभरको पहिलो बलमा विलियम बोसिस्टोले दिलिप नाथलाई आउट गराए । त्यसपछिको दोस्रो बलमा माइकल लिस्क बोल्ड आउट भए । त्यही ओभरको अन्तिम बलमा नारायण जोशीलाई एलबिडब्लु धरापमा पार्दै ५ विकेट पूरा गरे ।

एनपिएलको एकै इनिङमा ६ विकेट पूरा गर्ने बोसिस्टो पहिलो खेलाडी हुन् । यसअघि नरेन साउद, सोहेल तन्भिर र हर्ष ठाकरले एकै इनिङमा ५ विकेट पूरा गरेका थिए ।

एनपिएलमा खराब लयबाट गुज्रिरहेका कुशल भुर्तेल १० बलमा १० रन बनाएर आउट भए । कुशलले ४ खेलमा मात्र १६ रन बनाएका छन् । एक समय ७४ रनमा २ विकेट गुमाएर बलियो स्थितिमा रहेको पोखराले २९ रन जोड्दा बाँकी ८ विकेट गुमाएको थियो ।

कर्णालीका लागि विलियम बोसिस्टोले ४ ओभरमा २८ रन खर्चिएर ६ विकेट लिए । सोमपाल कामी, युनिश तथा विपिन शर्माले समान १ विकेट लिए । जितसँगै कर्णालीको ५ खेलमा ६ अंक भएको छ । पराजित पोखराको ४ खेलबाट २ अंक छ ।

आजै भएको पहिलो खेलमा चितवन राइनोजलाई ३३ रनले हराउँदै लुम्बिनीले पहिलो जित निकालेको थियो ।

एनपिएलमा बुधवार २ खेल हुनेछन्। पहिलो खेल जनकपुर बोल्ट्स र सुदूरपश्चिम लायन्स तथा दोस्रो खेलमा काठमाडौं गुर्खाज र लुम्बिनीबीच हुनेछ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.