1 year ago
December 11, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा लुम्बिनी लायन्सको बलिङ सामू काठमाडौं गुर्खाज झिनो योगफलमा समेटिएको छ ।
लुम्बिनीविरुद्ध काठमाडौंले १ सय ४ रनको झिनो लक्ष्य दिएको हो । टस जितेर ब्याटिङ गरेको काठमाडौं १९.२ ओभरमा १ सय ३ रनमा अल आउट भयो ।
काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३१ रन बनाए । भीमले ४० बलमा १ चौका प्रहार गरेका थिए । भीम अभिषेस गौतमको बलमा आउट भएका हुन् ।
१३औं ओभरको पाँचौ बलमा भीमले जीवनदान पाए । भीमलाई बलर विवेक यादवले रन आउट गराउन चुके । त्यो समयमा भीम २४ रन बनाएर खेलिरहेका थिए ।
ड्यान ड्वाथवेट २१ रन बनाएर आउट भए । २४ बलको सामना गरेका ड्याथवेट विवेकको बलमा कप्तान रोहित पौडेलबाट क्याच भएका थिए ।
प्रतिक श्रेष्ठले १४ बलमा २ छक्काकाे सहयाेगमा २० रन बनाउँदै आउट भए ।
काठमाडौंका लागि पहिलो विकेटका रुपमा माइकल लेभिट रनको खाता नखोली आउट भए । लेभिट रेमन सिमोण्डसको बलमा बोल्ड आउट भए । दोस्रो विकेटका रुपमा स्टेफन स्केनाजी १३ रनमा आउट भए । स्केनाजी १६ बलको सामना गर्दै अभिषेस गौतमको बलमा आउट भए ।
काठमाडौंले तेस्रो विकेटका रुपमा जेहार्ड एरास्मस १ रन बनाउदै आउट भए । एरास्मस ४ बल खेल्दै साद विन जाफरको बलमा आउट भए । एनपिएलमा खास चल्न नसकेका एरास्मसले ४ खेलमा सर्वाधिक ३८ रन बनाएका छन् । उनले चितवन राइनोजसँग ४, कर्णाली याक्सविरुद्ध ३८ तथा सुदूरपश्चिम रोयल्ससँगको खेलमा १० रन जोडेका छन् ।
सातौं विकेटका रुपमा काठमाडौंका कप्तान करण केसी सूर्य तामाङको बलमा आउट भए । लुम्बिनीका लागि साद विन जाफरले ३ तथा अभिशेष गौतम र रेमन सिमण्डसले समान २ विकेट लिए ।
बुधवारको पहिलो खेलमा शीर्ष स्थानको जनकपुरलाई दोस्रो स्थानको सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो । ५ खेलमा ४ मा हार र १ मा जित सहित लुम्बिनी अंक तालिकाको पाँचौ स्थानमा छ ।
चितवन राइनोजमाथि मंगलवार जित हात पारेको लुम्बिनी सोहि लयलाई आज पनि निरन्तरता दिन चाहन्छ ।
आजको खेलमा पराजित भएमा लिगबाट बाहिरिने लुम्बिनी पहिलो टोली बन्नेछ । लुम्बिनी विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । मंगलवार चितवनलाई पराजित गरेको थियो ।
३ खेलमा २ मा हार र १ मा जितका साथ काठमाडौं तालिकाको छैठौं स्थानमा छ । यो खेलमा जित हात पार्दै काठमाडौं प्लेअफ सम्भावना बलियो बनाउँन चाहान्छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]