12 months ago
December 11, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा लुम्बिनी लायन्सको बलिङ सामू काठमाडौं गुर्खाज झिनो योगफलमा समेटिएको छ ।
लुम्बिनीविरुद्ध काठमाडौंले १ सय ४ रनको झिनो लक्ष्य दिएको हो । टस जितेर ब्याटिङ गरेको काठमाडौं १९.२ ओभरमा १ सय ३ रनमा अल आउट भयो ।
काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३१ रन बनाए । भीमले ४० बलमा १ चौका प्रहार गरेका थिए । भीम अभिषेस गौतमको बलमा आउट भएका हुन् ।
१३औं ओभरको पाँचौ बलमा भीमले जीवनदान पाए । भीमलाई बलर विवेक यादवले रन आउट गराउन चुके । त्यो समयमा भीम २४ रन बनाएर खेलिरहेका थिए ।
ड्यान ड्वाथवेट २१ रन बनाएर आउट भए । २४ बलको सामना गरेका ड्याथवेट विवेकको बलमा कप्तान रोहित पौडेलबाट क्याच भएका थिए ।
प्रतिक श्रेष्ठले १४ बलमा २ छक्काकाे सहयाेगमा २० रन बनाउँदै आउट भए ।
काठमाडौंका लागि पहिलो विकेटका रुपमा माइकल लेभिट रनको खाता नखोली आउट भए । लेभिट रेमन सिमोण्डसको बलमा बोल्ड आउट भए । दोस्रो विकेटका रुपमा स्टेफन स्केनाजी १३ रनमा आउट भए । स्केनाजी १६ बलको सामना गर्दै अभिषेस गौतमको बलमा आउट भए ।
काठमाडौंले तेस्रो विकेटका रुपमा जेहार्ड एरास्मस १ रन बनाउदै आउट भए । एरास्मस ४ बल खेल्दै साद विन जाफरको बलमा आउट भए । एनपिएलमा खास चल्न नसकेका एरास्मसले ४ खेलमा सर्वाधिक ३८ रन बनाएका छन् । उनले चितवन राइनोजसँग ४, कर्णाली याक्सविरुद्ध ३८ तथा सुदूरपश्चिम रोयल्ससँगको खेलमा १० रन जोडेका छन् ।
सातौं विकेटका रुपमा काठमाडौंका कप्तान करण केसी सूर्य तामाङको बलमा आउट भए । लुम्बिनीका लागि साद विन जाफरले ३ तथा अभिशेष गौतम र रेमन सिमण्डसले समान २ विकेट लिए ।
बुधवारको पहिलो खेलमा शीर्ष स्थानको जनकपुरलाई दोस्रो स्थानको सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो । ५ खेलमा ४ मा हार र १ मा जित सहित लुम्बिनी अंक तालिकाको पाँचौ स्थानमा छ ।
चितवन राइनोजमाथि मंगलवार जित हात पारेको लुम्बिनी सोहि लयलाई आज पनि निरन्तरता दिन चाहन्छ ।
आजको खेलमा पराजित भएमा लिगबाट बाहिरिने लुम्बिनी पहिलो टोली बन्नेछ । लुम्बिनी विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । मंगलवार चितवनलाई पराजित गरेको थियो ।
३ खेलमा २ मा हार र १ मा जितका साथ काठमाडौं तालिकाको छैठौं स्थानमा छ । यो खेलमा जित हात पार्दै काठमाडौं प्लेअफ सम्भावना बलियो बनाउँन चाहान्छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]