12 months ago
December 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) मा आइतवारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ ।
टियु क्रिकेट मैदान कीर्तिपुरमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर बलिङ रोजेका हुन् ।
सुदूरपश्चिमले पछिल्लो खेलमा खेलेको टिम नै मैदान उतारेको छ । सुदूरपश्चिम ४ दिन पछि खेल खेल्दैछ ।
सुदूरपश्चिम रोयल्सको प्लेइङ-११
दीपेन्द्रसिंह ऐरी, हर्मित सिंह, विनोद भन्डारी(विकेटकिपर), ब्रेन्डन मक्मेलन, सेफ जेब, आरिफ शेख, इशान पान्डे, स्कट कुगेलेन, नरेन साउद, अभिनाष बोहोरा र नरेश बुढाऐर।
शनिवार काठमाडौंसँग पराजित पोखराले आफ्नो टोलीमा ३ परिवर्तन गरेको छ । शनिबार खेलेका आकर्षित गोमिल, आकाश चन्द तथा नारायण जोशी खेलेका छैनन् । उनीहरुको स्थानमा जेन मल्लिक, किरण ठगुन्ना, सुदिप अर्याल खेलेका छन् । सुदिप ट्यालेन्ट हन्टबाट आएका खेलाडी हुन् ।
पोखरा एभेन्जर्सको प्लेइङ-११
कुशल भुर्तेल, सुदिप अर्याल, सागर ढकाल, दिनेश खरेल, माईकल लिस्क, किरण ठगुन्ना, दिलिप नाथ, विपिन खत्री, आन्द्रेस गौस(विकेटकिपर), रेमन रिफर, जेन मल्लिक
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]