default_image

11 months ago

January 6, 2025

मयनको शतक बाबजुद मधेश बराबरीमा रोकियो

763 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कप प्रतियोगिताको आफ्नो पहिलो खेलमा मयन यादवको शतकका बाबजुद मधेश प्रदेशले बागमती प्रदेशसँग बराबरी खेलेको छ ।

जनकपुरमा सोमवार सकिएको मधेश र बागमतीबिचको खेल बराबरीमा टुंगिएको हो । १ सय ६४ रनको लक्ष्य पछ्याएको बागमतीले दोस्रो तथा अन्तिम दिनको खेल सकिदा ६ विकेट गुमाएर ९७ रन मात्र जोडेपछि खेल बराबरीमा सकिएको हो ।

बागमतीका लागि रित गौतमले सर्वाधिक २५ रन जोडे । उनले १८ बलमा चार चौका प्रहार गरे । शुभ कसांकार २१ बलमा २३, आशुतोष घिरैया १७ तथा प्रतिस जिसी १६ रनमा आउट भए ।

मधेशका लागि कप्तान हरिशंकर शाहले ३ तथा रञ्जित कुमार, अभिषेक तिवारी र रुपेश सिंहले समान १ विकेट लिए ।

पहिलो इनिङमा ४८ रनले पछि परेको मधेशले दोस्रो इनिङमा मयनको शतक सहयोगमा २ सय ११ रन थपेको थियो ।

मधेशका कप्तान हरिशंकर शाहले ९ विकेट गुमाएर २ सय ११ रनमा इनिङ समाप्तीको घोषणा गरेका थिए । दोस्रो इनिङमा मधेशले १ सय ६३ रनको अग्रता लिएको थियो ।

मधेशका लागि मयनले सर्वाधिक १ सय ६ रन जोडेका थिए । उनले १ सय ८ बल खेल्दै १२ चौका र २ छक्का प्रहार गरे । मयनले जय ट्रफी मेन्स एलिट कपको इतिहासमा नै पहिलो शतक बनाएका थिए । मयनले १ सय २ बलमा शतक पूरा गरेका थिए ।

अभिषेक तिवारी १९, निरज यादव १७ तथा विशाल पटेल र रुपेश सिंह समान १४रनमा आउट भए । बागमतीका लागि कप्तान सन्दीप लामिछानेले १७ ओभरमा ८८ रन खर्चिएर ५ विकेट हात पारे ।

पहिलो इनिङमा समेत ५ विकेट हात पारेका सन्दीप एकै खेलमा १० विकेट पूरा गर्ने पहिलो खेलाडी बने ।

सूर्य तामाङले २ तथा नन्दन यादव र रिजन ढकालले समान १ विकेट लिए ।

त्यसअघि आइतवार जनकपुरमा सुरु खेलमा मधेशले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । पहिलो इनिङ्समा मधेश प्रदेश १ सय २ रनमा अल आउट भएको हो ।

बाक्लो हुस्सु लागेका कारण करिब २ घण्टा ढिला सुरु भएको खेलमा मधेश ३५.३ ओभरमा नै अल आउट भएको हो ।

मधेशका लागि ओपनर मयन यादवले सर्वाधिक २१ रन जोडे । विशाल पटेल १६, निरज यादव १२, अभिषेक तिवारी ११ तथा हिमाशुं दत्त १० रनमा आउट भए । बागमतीका लागि कप्तान सन्दीपले १४ ओभरमा ४१ रन खर्चिएर ५ विकेट लिए ।

सूर्य तामाङले तीन तथा प्रतिश जिशी र नन्दन यादवले समान १ विकेट लिए । पहिलो इनिङ्समा बागमतीले १ सय ५० रनमा अल आउट हुँदै ४८ रनको अग्रता लिएको थियो ।

बागमतीका लागि नन्दन यादवले सर्वाधिक ४७ तथा कप्तान सन्दीप लाछिानेले ३३ रन जोडेका थिए । शुभ कसांकार ३५ रनमा आउट हुँदा रिजन ढकाल १३ रनमा नट आउट रहे । रित गौतम ३ रनमा आउट हुँदा आशुतोष घिरैयाले रनको खाता नै खोल्न सकेनन् । मधेशका लागि रुपेश सिंह र विशाल पटेलले समान १ विकेट लिए ।

खेल बराबरीमा सकिएकाे खेलमा बागमतीले नियमित एक तथा बोनसको १४ गरि जम्मा १५ अंक पाएको छ । उता, मधेशले नियमित एक तथा बोनसको १४ गरि जम्मा १५ अंक पाएको छ ।

मधेशले दोस्रो खेलमा बुधवार वीरगंजमा विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ । बागमतीले बुधवार नै जनकपुरमा विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.