default_image

11 months ago

January 22, 2025

सन्दीपको अर्ध शतकमा जे आरको जित

890 views

0 Bookmark

सुमन अधिकारी, बुटवल

जे आर क्रिकेट क्लब बुटवल भैरहवामा जारी रुपन्देही ‘ए’ डिभिजन सुपरलिग क्रिकेट प्रतियोगितामा  बुधवार विजयी भएको छ ।

सन्दीप जोराको अर्धशतकमा जेआरले प्रोफेसनल माष्टर्स-११ लाई ५ विकेटले हरायो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको प्रोफेसनलले निर्धारित ३७ ओभरको खेलमा ३० ओभरमा सबै विकेट गुमाएर १ सय १८ रन बनाएको थियो ।

टोलीका  ड्रस सुनार र मोहम्मद हुसेनले समान २१, इमरान खानले १७, करण साहनीले १५ र अख्तर हुसेनले १४ रन बनाए ।

जे आरका आषिश भट्टराई र विनय जिसीले समान ३  कुशल भुर्तेल, सागर गिरी, सन्दीप जोरा र विमल भुसालले समान १  विकेट लिए ।

१ सय १९ रनको लक्ष्य पछ्याएको जेआरले २३. ४ ओभरमा सन्दीप जोराको नटआउट ६२ रनसँगै  ५ विकेट गुमाएर १ सय २२ रन बनायो।

टोलीका अनमोल थापाले २०, सुलभ चौधरीले नटआउट १४ र कुशलले ११ रन जोडे। प्रोफेसनलका कृष्ण पराजुली र अख्तर हुसेनले समान २‌ र करण साहनीले १ विकेट लिए। जेआरका खेलमा सन्दीप जोरा प्लेयर अफ द म्याच भए ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता १ लाख १ रुपैयाँ प्राप्त गर्ने छ ।  बिहीवार वेष्टन क्रिकेट क्लब र एमसिसिबिच खेल हुने  प्रतियोगिता संयोजक निरजप्रताप खाँणले जनाएका छन् ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.