11 months ago
January 22, 2025
सुमन अधिकारी, बुटवल
जे आर क्रिकेट क्लब बुटवल भैरहवामा जारी रुपन्देही ‘ए’ डिभिजन सुपरलिग क्रिकेट प्रतियोगितामा बुधवार विजयी भएको छ ।
सन्दीप जोराको अर्धशतकमा जेआरले प्रोफेसनल माष्टर्स-११ लाई ५ विकेटले हरायो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको प्रोफेसनलले निर्धारित ३७ ओभरको खेलमा ३० ओभरमा सबै विकेट गुमाएर १ सय १८ रन बनाएको थियो ।
टोलीका ड्रस सुनार र मोहम्मद हुसेनले समान २१, इमरान खानले १७, करण साहनीले १५ र अख्तर हुसेनले १४ रन बनाए ।
जे आरका आषिश भट्टराई र विनय जिसीले समान ३ कुशल भुर्तेल, सागर गिरी, सन्दीप जोरा र विमल भुसालले समान १ विकेट लिए ।
१ सय १९ रनको लक्ष्य पछ्याएको जेआरले २३. ४ ओभरमा सन्दीप जोराको नटआउट ६२ रनसँगै ५ विकेट गुमाएर १ सय २२ रन बनायो।
टोलीका अनमोल थापाले २०, सुलभ चौधरीले नटआउट १४ र कुशलले ११ रन जोडे। प्रोफेसनलका कृष्ण पराजुली र अख्तर हुसेनले समान २ र करण साहनीले १ विकेट लिए। जेआरका खेलमा सन्दीप जोरा प्लेयर अफ द म्याच भए ।
रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता १ लाख १ रुपैयाँ प्राप्त गर्ने छ । बिहीवार वेष्टन क्रिकेट क्लब र एमसिसिबिच खेल हुने प्रतियोगिता संयोजक निरजप्रताप खाँणले जनाएका छन् ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]