default_image

11 months ago

January 23, 2025

महिला पिएम कप – बागमतीमाथि एपिएफको सहज जित

315 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल एपिएफ क्लबले बागमती प्रदेशमाथि सहज जित हात पारेको छ ।

बिहीवारकाे पहिलाे खेलमा विभागीय टोली एपिएफले सुपर फोरको पहिलो खेलमा बागमतीलाई १० विकेटले पराजित गरेको हो । खराब मौसमका कारण केही ढिला सुरु भएको खेल १८ ओभरमा छोट्याईएको थियो ।

बागमतीले दिएको ४३ रनको लक्ष्य एफिएफले ६.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । एपिएफको जितमा ममता चौधरीले सर्वाधिक २३ रन जोडिन् । उनले २० बलमा ३ चौका प्रहार गरिन् । अर्का ओपनर राजमती ऐरीले २२ बलमा १४ रन जोडिन् ।

त्यसअघि धनगढीको फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित १८ ओभरमा ८ विकेट गुमाएर ४२ रन जोडेको थियो । बागमतीका लागि कुनै खेलाडीले पनि दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

एपिएफका लागि सुमन बिष्टले ३, रेखा रावल र बिन्दु बुढाले समान २ तथा कविता जोशीले १ विकेट लिईन् । प्रतियोगितामा २ विभागीय र ७ प्रदेशको टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो ।

समूह ए मा लुम्बिनी , गण्डकी , कर्णाली , एपिएफ क्लब र सुदूरपश्चिम थिए । समूह बी मा कोशी , मधेश , बागमती, त्रिभुवन आर्मी क्लब थिए ।

दुई समूहबाट शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गरेका छन् । समूह ‘ए’ बाट एपिएफ र सुदूरपश्चिम प्रदेश तथा समूह ‘बी’ बाट त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश सुपर फोरमा पुगिसकेका छन् ।

सुपर फोरमा एक समूहको टोलीले अर्को समूहको टोलीसँग खेल्नेछन् । सुपर फोरको शीर्ष २ मा रहने टोलीको बीचमा फाइनल खेल हुनेछ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.