default_image

10 months ago

January 28, 2025

क्रिकेटर अनिल अप्टिमसको ब्राण्ड एम्बासडर

1033 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – शैक्षिक परामर्शदाता अप्टिमस ग्लोबलले नेपाली क्रिकेट टोलीका ओपनर अनिल कुमार साहलाई ब्राण्ड एम्बासडर नियुक्त गरेको छ ।

काठमाडौंमा मंगलवार कार्यक्रम आयोजना गर्दै अप्टिमस ग्लोबलले अनिललाई ३ वर्षका लागि ब्राण्ड एम्बासडर नियुक्त गरेको हो ।

अप्टिमस ग्लोबलका तर्फबाट अध्यक्ष असिम शर्मा मैनाली र अनिलले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

अनिल नेपाल प्रिमियर लिग (एनपिएल) को विजेता जनकपुर बोल्ट्सका कप्तान हुन् । उनी सन् २०१८ देखि राष्ट्रिय क्रिकेट टोलीको सदस्य रहदै आएका छन्।

कार्यक्रममा शैक्षिक परामर्श संघ नेपाल (इक्यान) का अध्यक्ष शेषराज भट्टराईले नेपाली क्रिकेटको विकास तथा उत्थानमा इक्यानका सदस्य संस्थाहरुको अग्रसरताको प्रशंसा गरे ।

अनिलले अप्टिमस ग्लोबलसँग जोडिन पाउँदा खुसी व्यक्त गरे ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.