default_image

10 months ago

January 29, 2025

दुई शतकमा अस्ट्रेलिया विशाल योगफलतर्फ

1264 views

0 Bookmark

एजेन्सी – ओपनर उस्मान ख्वाजा र कप्तान स्टिभ स्मिथको शतक प्रेरित अस्ट्रेलिया श्रीलंकाविरुद्धकाे पहिलाे टेस्टमा विशाल योगफल तर्फ अघि बढेको छ ।

अस्ट्रेलिया बुधवार पहिलो दिनमा विशाल अग्रतातर्फ अघि बढेको हाे । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो दिनको समाप्तिमा २ विकेट गुमाएर ३ सय ३० रन जोडेको छ ।

अस्ट्रेलियाका लागि ओपनर ख्वाजा २ सय १० बलमा १ सय ४७ तथा स्मिथ १ सय ८८ बलमा १ सय ४ रन बनाएर नट आउट छन् ।

स्मिथले यसै खेलमा आफ्नो १० हजार टेस्ट रन पनि पूरा गरेका छन् । यो सफलता हासिल गर्ने उनी विश्वका १५औं तथा अस्ट्रेलियाका चौथो ब्याटर हुन् ।

खेलमा ओपनर ट्राभिस हेड ४० बलमा ५७ तथा मार्नुस लाबुस्चेन ५० बलमा २० रनमा आउट भएका थिए ।

पहिलो दिन श्रीलंकाका लागि प्रभात जयसुर्या र जेर्फी भेन्डेर्सेले समान १ विकेट लिए । अस्ट्रेलिया समान २ टेस्ट र ओडिआईका लागि श्रीलंका भ्रमणमा छ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.