10 months ago
February 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा घोडाघोडी-११ ले सान्त्वना जित हात पारेको छ ।
सान्त्वना जित निकाल्नेक्रममा घोडाघोडीले फ्रेन्डस युथ क्लब डडेलधुरामाथि १ विकेटको रोमाञ्चक जित हासिल गरेको छ । डडेलधुराले दिएको १ सय २५ रनको लक्ष्य घोडाघोडी–११ ले १९.५ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो ।
घोडाघोडीलाई जिताउन आयुव चन्दले सर्वाधिक ३३ रन जोडे । उनले २४ बलमा १ चौका र २ छक्का प्रहार गरे । योगेश भाट २९ बलमा २० रनमा आउट हुँदा कप्तान शेर मल्ल १८ रनमा नट आउट रहे ।
डडेल्धुराका लागि हेमन्त धामीले ३ विकेट, अभिषेक गौतमले २ विकेट तथा कुशल भुर्तेल, गजेन्द्र बोहोरा र कृस ऐरले समान १ विकेट लिए ।
त्यसअघि फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको डडेल्धुराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २४ रनको योगफल तयार गर्यो ।
डडेल्धुराका लागि नट आउट रहँदै विनोद भण्डारीले सर्वाधिक ५६ रन जोडे । उनले ४७ बलमा २ चौका र ४ छक्का प्रहार गरे । कुशल भुर्तेल १३ रन, आयुष्मान बम ११ रन र गजेन्द्र बोहोरा १० रनमा आउट भए ।
डडेलधुराका अन्य ब्याटरले दोहोरो रन अंक जोड्न सकेनन् । घोडाघोडीका लागि नरेन साउँदले ४, सुर्य श्रेष्ठले २ विकेट तथा भुपेश जोशी र सञ्जय बोहोराले समान १ विकेट लिए ।
समूह ए बाट डडेलधुरा र डीसिए धनगढी सेमिफाइनलमा प्रवेश गरेका छन् । डडेलधरा समूह विजेता तथा धनगढी उपविजेता बनेका छन् । समूह बी बाट सिवाईसि अत्तरिया सेमिफाइनल पुगिसकेको छ । समूह बी बाट सेमिफाइनल पुग्ने अर्को टोलीको पक्का भने शुक्रवार हुनेछ ।
आजै भएको पहिलो खेलमा दशरथ चन्द क्रिकेट एकेडेमी बैतडीले सिइसी काठमाडौंलाई पराजित गरेको थियो । प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले १० लाख र दोस्रो टोलीले ५ लाख रुपैयाँ सहित ट्रफी पाउनेछन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई १ लाख, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन । प्रत्येक खेलका म्यान अफ द म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतियोगितामा देशभरका ८ वटा क्लबको सहभागिता रहेको छ । सहभागी टिमलाई दुई समुहमा विभाजन गर्दै लिगकम नकाउटका आधारमा प्रतियोगिता भईरहेको छ ।
प्रतियोगिताको समुह ‘ए’ मा डिसिए धनगढी, फ्रेण्ड्स युथ क्लब डडेल्धुरा, घोडाघोडी–११ र बोष्टन क्रिकेट झापा रहेका छन् ।
यस्तै समुह ‘बी’ मा सिवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाण्डौं, न्यु होराईजन वुटवल र दशरथ चन्द एकेडेमी बैतडी रहेका छन् ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]