10 months ago
February 10, 2025
धनगढी (हाम्रो खेलकुद)- सिवाइसी अत्तरियाले अर्जुन ट्रफीको फाइनलमा जितको लगि फ्रेण्डस युथ क्लब डडेल्धुरालाई १ सय १९ रनको लक्ष्य दिएको छ।
फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी फाइनलमा टस
जितेर सिवाइसीले पहिले ब्याटिङ गर्यो। निर्धारित २० ओभरको खेलमा संघर्ष गर्दै ९ विकेटको नोक्सानीमा १ सय १८ रन बनायो।
सिवाइसीले सुरुवात राम्रो गर्न सकेन्। पहिलो पावर प्लेमा १ विकेट गुमाएर मात्र ३१ रन बनायो। ओभरको दोस्रो बलमा त्रित राज दास शुन्य रनमा अजय चौहानको बलमा आउट भए।
पहिलो विकेट गुमाउँदा सिवाइसीले १ रन मात्र बनाएको थियो। यसपछि कप्तान सन्तोष कार्की र शंकर रानाले दोस्रो विकेटका लागि ३९ रनको साझेदारी गरे। सन्तोष र शंकर समान २० रन बनाए ।
लगत्तै भीम सार्की पनि १० रन जोडेर अभिषेकको बलमा एलबीडब्लु धरापमा परे। ५२ रन जोड्दा ४ विकेट गुमाएको सिवाइसी दबाबमा परेको थियो।
दीपेश कँडेल ७ रनमा, विवेक यादव ११ रनमा आउट भए। यसपछि रसिद खान सन्दीप क्षेत्रीले सातौं विकेटको लागि ३४ रनको महत्वपूर्ण साझेदारी गरे। सन्दीप १२ रनका आउट भए।
सातौं क्रमका ब्याटर रसिद खानले २१ बलको सामना गर्दै ३ छक्का र १ चौकाको मद्दतले सर्वाधिक ३१ रनको पारी खेले। उनी रन आउट भए ।
बलिङमा अभिषेक गौतमले उत्कृष्ट प्रदर्शन गरे। उनले ४ ओभर बलिङ गर्दै १५ रन खर्चेर ४ विकेट लिए। कुशल भुर्तेल र अभिषेक चौहानले १/१ विकेट लिंदा दुई खेलाडी रन आउट भए। सिवाइसी अपराजित रहँदै फाइनलमा पुगेको टोली हो।
नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश गो ड्रिर्मसको आयोजनामा जारी प्रतियोगिताको विजेताले १० लाख र दोस्रो हुने टोलीले ५ लाख प्राप्त गर्नेछन्।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]