10 months ago
February 28, 2025
सुमन अधिकारी, बुटवल
संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ ।
समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु पर्ने दायित्वका विषयमा छलफल गरेको थियो ।
समितिका सभापति थापाले मैदान निमार्णमा भएको प्रगतिले देशको विकासमा नीजि क्षेत्र अग्र भागमा रहेको प्रमाणित गरेको बताउँदै खेलकुद र मैदानको संरचनागत विकासमा राज्यको ध्यानार्कषण गराउने प्रतिबद्धता जनाएका थिए ।

समितिका सदस्य देवेन्द्र पौडेलले खेल पूर्वाधारमा निजी क्षेत्रबाट भएको लगानीलाई सुरक्षित गर्दै त्यसमा सरकारको सहयोग जरुरी ठानेर आफूहरु स्थलगत अवलोकनमा आएको बताउँदै स्टेडियमलाई गर्नुपर्ने सहयोगका लागि सरकारलाई अवगत गराउने बताए।
समितिका अर्का सदस्य छविलाल विश्वकर्माले क्रिकेट खेलबाट देशको नाम विश्वमा नै चिनिएको भएपनि पूर्वाधार निर्माणमा भने धेरै ढिला भएको बताउँदै सरकारको मुख ताक्ने प्रवृत्तिलाई अन्य हुने गरि एक्स्ट्राटेक क्रिकेट स्टेडियम तयार भएको हुँदा त्यसलाई सञ्चालन गर्ने दायित्व नागरिक भएको धारणा राखे कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाडले स्टेडियमलाई सडक संजाल, विद्युत र सुरक्षा मुख्य आवश्यकता रहेको भन्दै त्यो स्थानिय पालिकाबाट मात्र सम्भव नहुने बताए ।
कार्यक्रममा क्रिकेट मैदानका सञ्चालक विनोद कुँवरले स्टेडियमको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउँदै मैदानसम्म पुग्ने पहुच मार्ग र विद्युतको सप्लाईको कामलाई अगाडि बढाइ दिन आग्रह गरे । उनले मैदान निमार्णमा आफूले व्यक्तिगत लगानी गरेको भएपनि मैदान निमार्ण भएपछि त्यो राष्ट्रको सम्पत्ति भएको हुँदा त्यसको सञ्चालन र विकासमा राज्यको भूमिका खोजेको बताए ।
सांसदहरुलाई भौतिक संरचनाको निमार्णको अवस्थाको बारेमा जानकारी गराउदै सञ्चालक कुँवरले मैदानसम्म पुग्ने बाटोको निमार्णमा सरकारको ध्यानाकर्षण गराउन र अन्य राज्यकातर्फबाट गर्नु पर्ने काममा निर्देशन दिन समितिसंग आग्रह गरेका छन् ।
मैदानमा डे–नाइट खेल सञ्चालन गर्न सक्ने गरि ५ वटा फ्लड लाइट जडान गरिएको र त्यसको टेष्टिङका काम अन्तिम चरणमा पुगेको बताएका छन् ।
हालसम्म मैदानमा ४० करोड लगानी भएको र पहिलो चरण अन्तरगतका पिच निमाण, चार–चार तलाको २ वटा भवन जसमा भीआईपी बक्स, प्लेयर बक्स, चेञ्जिंग रुम र मिडिया बक्ससहित काम भैरहेको जनाइएको छ । उनले पिएम कप सञ्चालन हुँदा निमार्ण सक्ने कुँवरले जानकारी गराए ।

२०८० साल जेठ २९ गते शिलान्यास भई योग्य मैदान तयार भएको सो स्टेडियमको सोही फागुन २८ मा मैदानको उद्घाटन गरिएको थियो । हाल सो मैदानमा ५ वटा फलड लाइट जडान गरिएको छ । नेपालको कुनै पनि क्रिकेट मैदानमा फ्लड लाइट जडान भएको यो नै पहिलो मैदान हो ।
मैदानमा जडान गरिएको लाईट संसदीय अनुगमन टोलीको उपस्थितिमा पहिलो पटक पाचँ वटै लाइट बालेर सुरुवात गरिएको थियो । आइसीसीले तोकेको मापदणड भित्र रहने गरि लाइटको चेकिंग र टेस्टिंगको चरण सकिएपछि यो मैदानमा डे नाईट गेम खेलाउन सकिने बताइएको छ।
त्यसका लागि भारतबाट प्राविधिक आएपछि नेपालीसहितको टोलीबाट टेस्टिंगको काम हुनेछ । मैदानमा अहिले ७ वटा पिच र नेट प्राक्टिसका लागि ६ वटा पिच तयार भैसकेका छन् । मैदानमा ५ वर्षमा २५ हजार दर्शक क्षमताको प्यारापिट बनाउने योजना कुँवरले अगाडि सारेका छन् ।
उद्घाटनपछि मैदानमा निरन्तर खेल भैरहेका छन् । गत वर्ष लिजेण्ड्स कपमा नेपालबाट पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको सन् १९९६ को टोली, २०१४ को टि ट्वान्टी विश्वकप खेलेको टोली, रुपन्देही लिजेन्ड्स र रेस्ट अफ नेपाल गरी ४ टोलीबीच प्रतिपस्पर्धा भएको थियो ।
त्यस यता यहाँ ठूला र साना खेल भैसकेका छन् । यु १९ महिला विश्वकप खेलेको नेपाली टोली र रोहित पौडेल कप्तान रहेको लुम्बिनी लायन्सले यही मैदानमा अभ्यास गरेको हो । सो मैदानमा फागुन २५ गते सुरु हुने प्रधानमन्त्री कप क्रिकेटका १५ खेल हुँदैछ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]