default_image

9 months ago

February 28, 2025

एक्स्ट्राटेक ओभलमा संसदीय समितिको निरीक्षण

1163 views

0 Bookmark

सुमन अधिकारी, बुटवल

संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ ।

समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु पर्ने दायित्वका विषयमा छलफल गरेको थियो ।

समितिका सभापति थापाले मैदान निमार्णमा भएको प्रगतिले देशको विकासमा नीजि क्षेत्र अग्र भागमा रहेको प्रमाणित गरेको बताउँदै खेलकुद र मैदानको संरचनागत विकासमा राज्यको ध्यानार्कषण गराउने प्रतिबद्धता जनाएका थिए ।

समितिका सदस्य देवेन्द्र पौडेलले खेल पूर्वाधारमा निजी क्षेत्रबाट भएको लगानीलाई सुरक्षित गर्दै त्यसमा सरकारको सहयोग जरुरी ठानेर आफूहरु स्थलगत अवलोकनमा आएको बताउँदै स्टेडियमलाई गर्नुपर्ने सहयोगका लागि सरकारलाई अवगत गराउने बताए।

समितिका अर्का सदस्य छविलाल विश्वकर्माले क्रिकेट खेलबाट देशको नाम विश्वमा नै चिनिएको भएपनि पूर्वाधार निर्माणमा भने धेरै ढिला भएको बताउँदै सरकारको मुख ताक्ने प्रवृत्तिलाई अन्य हुने गरि एक्स्ट्राटेक क्रिकेट स्टेडियम तयार भएको हुँदा त्यसलाई सञ्चालन गर्ने दायित्व नागरिक भएको धारणा राखे कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाडले स्टेडियमलाई सडक संजाल, विद्युत र सुरक्षा मुख्य आवश्यकता रहेको भन्दै त्यो स्थानिय पालिकाबाट मात्र सम्भव नहुने बताए ।

कार्यक्रममा क्रिकेट मैदानका सञ्चालक विनोद कुँवरले स्टेडियमको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउँदै मैदानसम्म पुग्ने पहुच मार्ग र विद्युतको सप्लाईको कामलाई अगाडि बढाइ दिन आग्रह गरे । उनले मैदान निमार्णमा आफूले व्यक्तिगत लगानी गरेको भएपनि मैदान निमार्ण भएपछि त्यो राष्ट्रको सम्पत्ति भएको हुँदा त्यसको सञ्चालन र विकासमा राज्यको भूमिका खोजेको बताए ।

सांसदहरुलाई भौतिक संरचनाको निमार्णको अवस्थाको बारेमा जानकारी गराउदै सञ्चालक कुँवरले मैदानसम्म पुग्ने बाटोको निमार्णमा सरकारको ध्यानाकर्षण गराउन र अन्य राज्यकातर्फबाट गर्नु पर्ने काममा निर्देशन दिन समितिसंग आग्रह गरेका छन् ।

मैदानमा डे–नाइट खेल सञ्चालन गर्न सक्ने गरि ५ वटा फ्लड लाइट जडान गरिएको र त्यसको टेष्टिङका काम अन्तिम चरणमा पुगेको बताएका छन् ।

हालसम्म मैदानमा ४० करोड लगानी भएको र पहिलो चरण अन्तरगतका पिच निमाण, चार–चार तलाको २ वटा भवन जसमा भीआईपी बक्स, प्लेयर बक्स, चेञ्जिंग रुम र मिडिया बक्ससहित काम भैरहेको जनाइएको छ । उनले पिएम कप सञ्चालन हुँदा निमार्ण सक्ने कुँवरले जानकारी गराए ।

२०८० साल जेठ २९ गते शिलान्यास भई योग्य मैदान तयार भएको सो स्टेडियमको सोही फागुन २८ मा मैदानको उद्घाटन गरिएको थियो । हाल सो मैदानमा ५ वटा फलड लाइट जडान गरिएको छ । नेपालको कुनै पनि क्रिकेट मैदानमा फ्लड लाइट जडान भएको यो नै पहिलो मैदान हो ।

मैदानमा जडान गरिएको लाईट संसदीय अनुगमन टोलीको उपस्थितिमा पहिलो पटक पाचँ वटै लाइट बालेर सुरुवात गरिएको थियो । आइसीसीले तोकेको मापदणड भित्र रहने गरि लाइटको चेकिंग र टेस्टिंगको चरण सकिएपछि यो मैदानमा डे नाईट गेम खेलाउन सकिने बताइएको छ।

त्यसका लागि भारतबाट प्राविधिक आएपछि नेपालीसहितको टोलीबाट टेस्टिंगको काम हुनेछ । मैदानमा अहिले ७ वटा पिच र नेट प्राक्टिसका लागि ६ वटा पिच तयार भैसकेका छन् । मैदानमा ५ वर्षमा २५ हजार दर्शक क्षमताको प्यारापिट बनाउने योजना कुँवरले अगाडि सारेका छन् ।

उद्घाटनपछि मैदानमा निरन्तर खेल भैरहेका छन् । गत वर्ष लिजेण्ड्स कपमा नेपालबाट पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको सन् १९९६ को टोली, २०१४ को टि ट्वान्टी विश्वकप खेलेको टोली, रुपन्देही लिजेन्ड्स र रेस्ट अफ नेपाल गरी ४ टोलीबीच प्रतिपस्पर्धा  भएको थियो ।

त्यस यता यहाँ ठूला र साना खेल भैसकेका छन् । यु १९ महिला विश्वकप खेलेको नेपाली टोली र रोहित पौडेल कप्तान रहेको लुम्बिनी लायन्सले यही मैदानमा अभ्यास गरेको हो । सो मैदानमा फागुन २५ गते सुरु हुने प्रधानमन्त्री कप क्रिकेटका १५ खेल हुँदैछ ।

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.