9 months ago
April 8, 2025
सुमन अधिकारी, बुटवल
लगातार दोस्रो खेल जित्दै रुपन्देही र दाङ लुम्बिनी प्रदेश स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन् ।
घोराही १७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा मंगलवार भएको खेलमा दाङले पाल्पालाई १६ रन हरायो।
घोराहीमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दाङले ७ विकेटको क्षतिमा १ सय ६२ रन बनायो ।
जसमा तुलबहादुर थापाले ३० बलमा ५ छक्का र ३ चौकाको मद्दतमा अविजित ६३ रन बनाए । तुलबहादुरको प्रतियोगितामा यो दोस्रो अर्धशतक हो ।
मनोज पुनले ३० रन, शिशिर डिसीले २४ रन, बीरबहादुर घर्तीले ११ रन र किशन भारतीले ७ रन जोडे।
पाल्पाका केशव पहरियाले २, विपिन भट्टराई, नरबहादुर सार्की र रुपेश बस्यालले समान १ विकेट लिए ।
१ सय ६३ रनको विजयी लक्ष्य पछ्याउन मैदान उत्रेको पाल्पा निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १ सय ४६ रनमा सिमित भयो ।
पाल्पाका लागि नरबहादुर सार्की र लीला शर्माले ८६ रनको साझेदारी गरे । लीलाले ४६ रन, ४५ रन, मनिष न्यौपानेले १३ रन, रुपेश बस्याल र बिपिन खातीले समान ६ रन बनाए ।
दाङका किशन भारतीले २, बीरबहादुर घर्ती, राजकुमार कुमाल र तुलबहादुर थापाले समान १ विकेट लिए । दाङका तुलबहादुर थापा प्लेयर अफ द म्याच भए ।
अजयको कसिलो बलिङ
लमहीको देउखुरी क्रिकेट मैदानमा भएको अर्को खेलमा रुपन्देहीले बाँकेलाई १८ रनले पराजित गर्यो । कप्तान देव खनाल र अजय चौहानको कसिलो बलिङमा बाँकेलाई सस्तैमा आउटै गर्दै रुपन्देहीले जित निकालेको छ ।

१ सय १६ रनको मध्यम लक्ष्य पछ्याएको बाँके १९.३ ओभरमा मात्र ९७ रनमा अलआउट भयो । बाँकेका शुभेन्दु पाण्डेले अविजित २३ रन, सुनिल भण्डारीले १६ रन, युवराज शर्माले १३ रन, सदाब अन्सारीले १० जोडे ।
रुपन्देहीका लागि अजयले ४ ओभरमा २ रन खर्चेर ४ विकेट लिए । कप्तान देव खनालले र सुरज खड्काले समान २ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको रुपन्देहीले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय १५ रन बनायो ।
रुपन्देहीका सुमनले ३३ रन, कप्तान देवले १२ रन, मृनाल गुरुङले १९ रन बनाए । बाँकेका लागि अजय सहनी र विजय चौधरीले समान ३ विकेट लिए। रुपन्देहीका अजय चौहान प्लेयर अफ द म्याच घोषित भए ।प्रतियोगिता लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजना तथा दाङ जिल्ला क्रिकेट संघको प्राविधिक र एवम् व्यवस्थापन भइरहेको छ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]