default_image

8 months ago

April 8, 2025

रुपन्देही र दाङ सेमिफाइनलमा

279 views

0 Bookmark

सुमन अधिकारी, बुटवल

लगातार दोस्रो खेल जित्दै रुपन्देही र दाङ लुम्बिनी प्रदेश स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन् ।

घोराही १७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा मंगलवार भएको खेलमा दाङले पाल्पालाई १६ रन हरायो।

घोराहीमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दाङले ७ विकेटको क्षतिमा १ सय ६२ रन बनायो ।

जसमा तुलबहादुर थापाले ३० बलमा ५ छक्का र ३ चौकाको मद्दतमा अविजित ६३ रन बनाए । तुलबहादुरको प्रतियोगितामा यो दोस्रो अर्धशतक हो ।

मनोज पुनले ३० रन, शिशिर डिसीले २४ रन, बीरबहादुर घर्तीले ११ रन र किशन भारतीले ७ रन जोडे।

पाल्पाका केशव पहरियाले २, विपिन भट्टराई, नरबहादुर सार्की र रुपेश बस्यालले समान १ विकेट लिए ।

१ सय ६३ रनको विजयी लक्ष्य पछ्याउन मैदान उत्रेको पाल्पा निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १ सय ४६ रनमा सिमित भयो ।

पाल्पाका लागि नरबहादुर सार्की र लीला शर्माले ८६ रनको साझेदारी गरे । लीलाले ४६ रन, ४५ रन, मनिष न्यौपानेले १३ रन, रुपेश बस्याल र बिपिन खातीले समान ६ रन बनाए ।

दाङका किशन भारतीले २, बीरबहादुर घर्ती, राजकुमार कुमाल र तुलबहादुर थापाले समान १ विकेट लिए । दाङका तुलबहादुर थापा प्लेयर अफ द म्याच भए ।

अजयको कसिलो बलिङ

लमहीको देउखुरी क्रिकेट मैदानमा भएको अर्को खेलमा रुपन्देहीले बाँकेलाई १८ रनले पराजित गर्यो । कप्तान देव खनाल र अजय चौहानको कसिलो बलिङमा बाँकेलाई सस्तैमा आउटै गर्दै रुपन्देहीले जित निकालेको छ ।

१ सय १६ रनको मध्यम लक्ष्य पछ्याएको बाँके १९.३ ओभरमा मात्र ९७ रनमा अलआउट भयो । बाँकेका शुभेन्दु पाण्डेले अविजित २३ रन, सुनिल भण्डारीले १६ रन, युवराज शर्माले १३ रन, सदाब अन्सारीले १० जोडे ।

रुपन्देहीका लागि अजयले ४ ओभरमा २ रन खर्चेर ४ विकेट लिए । कप्तान देव खनालले र सुरज खड्काले समान २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको रुपन्देहीले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय १५ रन बनायो ।
रुपन्देहीका सुमनले ३३ रन, कप्तान देवले १२ रन, मृनाल गुरुङले १९ रन बनाए । बाँकेका लागि अजय सहनी र विजय चौधरीले समान ३ विकेट लिए। रुपन्देहीका अजय चौहान प्लेयर अफ द म्याच घोषित भए ।प्रतियोगिता लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजना तथा दाङ जिल्ला क्रिकेट संघको प्राविधिक र एवम् व्यवस्थापन भइरहेको छ।

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.