8 months ago
April 20, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) ले
इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज पन्जाब किंग्सलाई ८ विकेटले हराएको छ। दुई दिन अघि पन्जाबले आरसिबीलाई हराएको थियो।
आज १ सय ५८ रनको लक्ष्य पछ्याएको आरसिबीले ७ बल बाँकी रहँदै ३ विकेट गुमाएर जित निकालेको छ।
विराट कोहली र देवदत्त पडिकलले अर्धशतक बनाए ।
कोहलीले नटआउट ७४ रनको योगदान गरे। देवदत्तले ६१ रन बनाए ।
त्यसअघि रोयल च्यालेन्जर्सले टस जितेर पहिले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५७ रनको योगफल बनायो।
प्राभसिम्रन सिंहले सर्वाधिक ३३ रन बनाउँदा सशांक सिंहले अविजित ३१ रन बटुले। जोश इङ्लिसले २९ रन र प्रियान्स आर्याले २२ रन बनाए।
यस्तै मार्को जेनसेन अविजित २५ रनमा रहे। कुनै पनि खेलाडीले ठुलो स्कोर जोड्न भने सकेनन्। बलिङमा क्रुनाल पाण्डयाले र सुयश शर्माले २ विकेट लिए।
आरसिबी १० अंक सहित अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। समान अंकमा रहेको पन्जाब चौथो स्थानमा झरेको छ।
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]