default_image

6 months ago

June 12, 2025

नेपालले वेस्ट इन्डिजसँग सिरिज खेल्ने

6047 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्टइन्डिजसँग ३ खेलको टि२०आई सिरिजमा प्रतिस्पर्धा गर्ने भएको छ ।

क्यानले एक विज्ञप्ति जारी गर्दै सेप्टेम्बर २७, २८ र ३० तारिखमा यूएईको शारजाह क्रिकेट स्टेडियममा खेल हुने पक्का गरेको हो । शारजाहमा खेल हुने भएपनि आयोजक भने नेपाल नै रहेको छ ।

नेपालमा रहेको अन्तर्राष्ट्रिय मैदान टियु क्रिकेट मैदान निर्माणाधीन रहेको अवस्थामा खेल शारजाहमा हुन लागेको हो । नेपालले अक्टोबरको पहिलो साता ओमानमा टि२० विश्वकप छनोट खेल्ने भएकाले पनि उक्त प्रतियोगिताको तयारीस्वरूप शारजाहमा खेल गर्न लागिएको क्यानका प्रवक्ता छुम्बी लामाले बताए ।

‘विश्वकप छनोटको तयारीका लागि ओमान र शारजाहको वातावरण उस्तै छ । वेस्ट इन्डिजका सबै खेलाडी उपलब्ध हुने र वहाँहरुको यात्रा व्यवस्थापनमा सहजताका लागि आग्रह भएअनुसार यूएईमा खेल हुन लागेको हो,’ प्रवक्ता छुम्बी लामाले भने ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.