default_image

6 months ago

June 13, 2025

माक्ररमको शतकसँगै दक्षिण अफ्रिका च्याम्पियन नजिक

2438 views

0 Bookmark

एजेन्सी – ओपनर एडेन माक्रारमको शतकसँगै दक्षिण अफ्रिका आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२५ को फाइनलमा अष्ट्रेलियाविरुद्धको जितको नजिक पुगेको छ ।

उपाधि जित्न २ सय ८२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका तेस्रो दिनको खेल सकिँदा २ विकेट गुमाएर २ सय १३ रनको मजबुत अवस्थामा छ ।

माक्ररम १ सय ५९ बलमा ११ चौकासहित १ सय २ रनमा क्रिजमा छन् । कप्तान टेम्बा बभुमा १ सय २१ बलमा ५ चौकासहित ६५ रनमा नटआउट छन् ।

दोस्रो विकेटलाई टेम्बा र माक्ररमले १ सय ४३ रनको साझेदारी गरेपछि दक्षिण अफ्रिका २७ वर्षपछि आइसिसीको उपाधि नजिक पुगेको हो ।

दक्षिण अफ्रिकालाई उपाधि जित्न अब मात्रै ६९ रन आवश्यक रहँदा टोलीको ८ विकेट छ । अझै दुई दिनको खेल बाँकी छ । सुरुवातमै खुट्टामा समस्या आएका टेम्बाले एक एण्डबाट माक्ररमलाई राम्रो साथ निभाए ।

वियान मुल्डर २७ र रियान रिकल्टनलाई मिचेल स्टार्कले आउट गरेपनि त्यसपछि अष्ट्रेलिया बलर विकेट लिन सकेनन् । अष्ट्रेलिया दोस्रो इनिङमामा २ सय ७ रनमा अल आउट भयो । पहिलो इनिङमा ७४ रनको अग्रता लिएको अस्ट्रेलियाले समग्रमा २ सय ८२ रनको लक्ष्य दिएको थियो ।

अष्ट्रेलियाका मिचेल स्टार्कले सर्वाधिक ५८ र विकेटकिपर एलेक्स केरीले ४३ रन बनाए । मार्नस लाबुसेन २२, उस्मान खवाजा ६, स्टिभ स्मिथ १३, ट्रविस हेड ९ र प्याट कमिन्स ६ रनमा आउट भए । दक्षिण अफ्रिकाका कागिसो रबाडाले ४ र लुंग्गी एनगिडीले ३ विकेट लिए ।

त्यसअघि दक्षिण अफ्रिका १ सय ३८ रनमा अल आउट हुँदै अग्रता लिदै खेलमा बलियो पकड जमाउने अवसर गुमाएको थिया । कप्तान टेम्बा ३६ र डेभिड बेडिङघमले ४५ रन जोड्न बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।

अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले ६ र मिचेल स्टार्कले २ विकेट लिए । त्यसअघि लर्ड्समा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया २ सय १२ रनमा अल आउट भएको थियो ।

अष्ट्रेलियाका स्टिभ स्मिथले ६६ र वेउ वेबस्टरले ७२ रन जोडे । दक्षिण अफ्रिकाका कागिसो रबाडाले ५ र मार्को यानसनले ३ विकेट लिए ।

पहिलो संस्करणको विश्व टेस्ट च्याम्पियनसिपको फाइनल न्युजिल्यान्डले भारतलाई हराउँदै तथा दोस्रो संस्करणमा अष्ट्रेलियाले भारतलाई हराउँदै उपाधि जितेका थिए ।

दक्षिण अफ्रिका सियिनर टोलीले सन् १९९८ मा च्याम्पियन्स ट्रफीको उपाधि जितेपछि कुनैपनि आइसिसी उपाधि जितेको छैन । दक्षिण अफ्रिकाले यू१९ विश्वकपमा एडेन माक्ररमको कप्तानीमा सन्‌ २०१४ मा उपाधि जितेको थियो ।

December 6, 2025

चितवनले पहिला ब्याटिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ। टस जितेर चितवनले पहिले ब्याटिङ रोजेको छ। चितवन र पोखरा दुवै टिम लिग चरणबाट बाहिरिसकेकोले आजको खेलको नतिजाले कुनै असर गर्दैन। त्यसैले यो खेल दुवै टोलीको लागि प्रतिष्ठाको लडाई मात्र हो। चितवन र पोखराको यो सातौं तथा अन्तिम खेल […]

December 6, 2025

सुदूरपश्चिमलाई हराउँदै विराटनगर क्वालिफायर वानमा

काठमाडौं (हाम्रो खेलकुद)- शीर्षस्थानको सुदूरपश्चिम रोयल्सलाई हार चखाउँदै विराटनगर किंग्स नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको क्वालिफायर वानमा पुगेको छ। १ सय ४८ रनको लक्ष्य ११.५ ओभरमा ४ विकेट नोक्सानीमा पूरा गरेको विराटनगरले रन रेटमा काठमाडौं गोर्खाजलाई पछि पार्दै क्वालिफायर वानमा पुगेको हो। विराटनगरले लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमलाई ६ विकेटले हराएको हो। लगातार ६ […]

December 6, 2025

विराटनगरलाई मध्यम चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १ सय ४८ रनको चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो। सुदूरपश्चिमले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। ३६ रन मात्र जोड्दा १ विकेट गुमायो। चौथो ओभरमा […]

Success

Thank you for your time.