6 months ago
June 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्कटल्यान्डमा जारी त्रिकोणात्मक टि२०आई सिरिजको आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सबाट १ सय ५३ रनको प्रतिस्पर्धात्मक लक्ष्य पाएको छ ।
नेपालका कप्तान रोहित पौडेलले टस जितेपछि पहिलो ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन जोड्यो ।
नेदरल्यान्ड्सका लागि मध्यक्रमका ब्याटर तेजा निदामनुरुले सर्वाधिक ३५ रनको योगदान दिए । तल्लोक्रममा सकिब जुल्फिकरले आक्रामक ब्याटिङ गरेपछि नेदरल्यान्ड्सले १ सय ५० रनको आँकडा पार गर्न सम्भव भएको थियो ।
ओपनर म्याक्स ओ डाउड १९ र माइकल लेभिट २० रन जोडेर आउट भए । ललितले चौथो ओभरको पहिलो बलमै ११ बलमा २ चौका र १ छक्का प्रहार गरेका म्याक्सलाई आउट गरेर नेपाललाई पहिलो सफलता दिलाएका थिए । त्यसपछि सन्दीपले सातौं ओभरमा लेभिट र स्कट एड्वार्ड्स (१) लाई आउट गरेर नेपाललाई खेलमा फर्काए ।
१३ औं ओभरमा नोआ क्रोस आउट हुँदा नेदरल्यान्ड्स ९०-५ को स्थितिमा थियो । तर डेथ ओभरमा जुल्फिकरले आक्रामक ब्याटिङ गर्दा नेपालले प्रतिस्पर्धात्मक लक्ष्य पायो । अन्तिम ओभरमा आउट भएका तेजाले ३७ बलमा १ छक्कासहित ३५ रन जोडे । जुल्फिकर १० बलमा १ चौका र २ छक्कासहित २२ रनमा नटआउट रहे ।
नेपालका लागि स्पिनर सन्दीप लामिछानेले ३ विकेट लिए । उनले ४ ओभरमा मात्र १८ रन खर्चेका थिए । ललित राजवंशीले पनि ४ ओभरमा मात्र २२ रन दिएर १ विकेट हात पारे । नन्दन यादवले २ तथा कुशल भुर्तेलले १ विकेट लिए ।
अलराउन्डर रुपेश सिंह र ब्याटर किरण ठगुन्नाले आज नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि डेब्यु गरे ।

मध्यक्रममा आक्रामक ब्याटिङ गर्ने किरणले घरेलु क्रिकेटमा सुदूरपश्चिम प्रदेश र नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले करण केसीको हातबाट नेपालका लागि ५० औं टि२०आई क्याप प्राप्त गरे ।
किरणको पूरा क्रिकेट जीवनी जान्न यो पढ्नुहोस् : घरमै बलिङ मेसिन राखेर आफूलाई निखारेका किरण
रुपेशले मधेश प्रदेशको प्रतिनिधित्व गर्दै प्रभावशाली प्रदर्शन गर्दै आएका छन् । बलिङ अलराउन्डर उनले एनपिएलमा भने चोटका कारण जनकपुर बोल्ट्स बिचमै छाडेका थिए । रुपेशले नेपालका लागि ५१ औं क्याप प्राप्त गरेका हुन् ।

सिरिज अन्तर्गत आइतबार भएको पहिलो खेलमा स्कटल्याण्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराइसकेको छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]