default_image

4 months ago

July 26, 2025

पाकिस्तान च्याम्पियन्सको जित

1250 views

0 Bookmark

एजेन्सी – इङ्ग्ल्याण्डमा जारी वर्ल्ड च्याम्पियनसिप लिजेन्ड्समा पाकिस्तान च्याम्पियन्सले दक्षिण अफ्रिका च्याम्पियन्सलाई ३१ रनले पराजित गरेको छ ।

लेस्टरमा शुक्रवार १ सय ९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६७ रनमा समेटियो ।

दक्षिण अफ्रिका च्याम्पियन्सका गि मोर्नी भानले २० बलमा ५ चौका र २ छक्काको सहयोगमा ४४ रन जोडे । वाइनी पार्नेलले ९ बलमा २ चौका र १ छक्काको सहयोगमा २१ रन बनाए ।

सरेल इर्वे १२, जेपी डुमीनी ११ तथा क्रिस मोरिस र ज्याक्स रोडोल्फ समान १० रनमा आउट भए ।

पाकिस्तान च्याम्पियन्सका सोहेल तन्विर र मोहम्मद हाफिजले समान २ तथा रुम्मन रइस, इमाद वासिम, शोहेल खान, शोयब मल्लिक र वाहब रियाजले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान च्याम्पियन्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९८ रन बनाएको थियो ।

पाकिस्तानका लागि उमर अमिनले ४२ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५८ रनको अर्धशतकीय इनिङ खेले ।

शोयब मल्लिक ३४ बलमा ५ चौकाको सहयोगमा ४६ रनमा अविजित रहे । आसिफ अलि ११ बलमा २३, शर्जिल खान १९ र कमरान अकमल १७ रनमा आउट भए ।

दक्षिण अफ्रिका च्याम्पियन्सका दुनि ओलिभरले २ तथा हार्डिस भिल्जोन, वायन पार्नेल, जेपी डुमीनीले समान १ विकेट लिए ।

खेलेको दुबै खेल जितेको पाकिस्तान च्याम्पियन्सले ४ अंकसहित दोस्रो स्थानमा छ । दक्षिण अफ्रिका च्याम्पियन्स ४ मध्ये ३ खेलमा जित हात पारेर ६ अंकका साथ शीर्ष स्थानमा छ ।

प्रतियोगितामा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका क्रिकेटरको सहभागिता छ। प्रतियोगितामा ६ टोलीको सहभागी छन् ।

राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शीर्ष ४ टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल अगस्ट २ मा हुनेछ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.