4 months ago
July 30, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी टि ट्वान्टी आई वरीयताको दोस्रो स्थानमा उक्लिएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जारी गरेको पछिल्लो वरीयताको अलराउण्डर वरियता तर्फ दीपेन्द्र एक स्थान सुधार गरेर दोस्रो स्थानमा उक्लिएका हुन् । यसअघि दोस्रो स्थानमा रहेका रोस्टन चेस सात स्थान तल झदै नवौं स्थानमा पुगेपछि दीपेन्द्र दोस्रो स्थानमा उक्लिएका हुन् ।
टि ट्वान्टी आईको ब्याटिङ वरीयतामा भने दीपेन्द्र र कप्तान रोहित कुमार पौडेलको स्थान झरेको छ। टि ट्वान्टी आई तर्फ नै कुशल भुर्तेल र आसिफ शेखको ब्याटिङ वरीयता भने बढेको छ ।
टि ट्वान्टी आईको बलिङ तर्फ भने ललित नारायण राजवंशीले दुई स्थान सुधार गर्दै ५६औं स्थानमा उक्लिएका छन् ।
November 14, 2025
हेटौंडा (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को साविक विजेता जनकपुर बोल्ट्स र हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसिएल साइन्सेसबीच यो वर्ष पनि सहकार्य हुने भएको छ । जनकपुर र म्यानेजमेन्टको प्रतिनिधिले शुक्रबार हेटौंडामा सम्झौता पत्रमा हस्ताक्षर गर्दै यसवर्ष पनि सहकार्यलाई जारी राख्ने घोषणा गरेका हुन् । जनकपुरको तर्फबाट क्लबका सहलगानीकर्ता महेश सिग्देल र म्यानेजमेन्टका […]
November 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमान्डु गोर्खाजले प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स लिमिटेडसँग प्रायोजन सम्झौता गरेको छ । सोमबारबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन खेल्नेक्रममा रहेको काठमान्डु गोर्खाजको लाइफ इन्सोरेन्स पार्टनरको रुपमा प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स रहने छ । काठमान्डु गोर्खाज र प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स बीच बिहीवार सम्झौता भएको छ । गोर्खाजका कार्यकारी […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]