4 months ago
August 6, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको अक्सनमा अलराउण्डर मोहम्मद आदिल आलम सहितका ८ क्रिकेटर ‘ए’ श्रेणीमा परेका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले बुधवार अक्सनका लागि ३ श्रेणीमा १ सय ५० जना खेलाडी अन्तिम सूची घोषणा गरेको छ।
प्रतिबन्धका कारण आदिलले एनपिएलको पहिलो संस्करण गुमाएका थिए । अदालतबाट सफाइ पाएपछि उनी यो वर्ष अक्सनमा समावेश गरिएका छन् ।
उनीसँगै ए श्रेणीमा सुनाम गौतम, सूर्य तामाङ,शरद भेषावाकर, पवन सर्राफ, देव खनाल, दीलिप नाथ र अर्जुन साउद छन् ।

एनपिएलको पहिलो संस्करणमा अर्जुन र सूर्यले लुम्बिनी लायन्स तथा दिलिप र सुनम पोखरा एभेन्जर्समा थिए । चोटका कारण सुनमले एनपिएल गुमाएका थिए ।
देवले कर्णाली याक्स, शरदले चितवन राइनोजबाट खेलेका थिए । चोटका कारण पवनले एनपिएल खेलेनन्।
अक्सन शनिवार हुनेछ। अक्सनमा श्रेणी ए मा ४ खेलाडीको मात्र आवश्यकता छ । तर, दोस्रो चरणको अक्सनमा ए श्रेणीमा बोली नलागेका खेलाडी स्वतः बि श्रेणीमा झर्ने छन् ।
एनपिएल अक्सनका लागि ४ सय ५८ खेलाडी ले आफ्नो नाम दर्ता गराएका थिए। १ सय ५० खेलाडी अक्सनको अन्तिम सूचीमा राखिएका छन् ।
एनपिएलमा सहभागी ८ टोलीले इच्छाएका र क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डमा रहेका १ सय ५० खेलाडीलाई अन्तिम सूचीमा समावेश गरिएको हो । अक्सनमा ३७ खेलाडीमा मात्र बोली लाग्नेछ ।
एनपिएलको पहिलो संस्करणको अक्सनबाट ८८ खेलाडी (मार्की समेत) विभिन्न टोलीमा संलग्न भएका थिए । अक्सनमा बोली लागेका ८८ खेलाडीमध्ये टोलीले दोस्रो संस्करणका लागि ५१ (मार्की समेत) खेलाडीलाई निरन्तरता दिएका छन् ।
कुन श्रेणीमा कति खेलाडी आवश्यक
श्रेणी ‘ए’ – ४
श्रेणी ‘बी’ – २३
श्रेणी ‘सी’ – १०
जम्मा – ३७
न्युनतम र अधिकतम मुल्य
श्रेणी ‘ए’ न्युनतम १० लाख – अधिकतम १५ लाख
श्रेणी ‘बी’ न्युनतम ५ लाख – अधिकतम १० लाख
श्रेणी ‘सी’ न्युनतम २ लाख – अधिकतम ५ लाख




December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]