4 months ago
August 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- रेडियन्ट रिडर्स एकेडेमी, सानेपाको आयोजनामा प्रथम आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगिता अर्को साता सुरु हुने भएको छ।
रेडिनयन्टका एकेडेमीका संस्थापक प्रिन्सिपल डिके ढुंगानाले बिहीवार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा आयोजकका २ सहित १५ छात्र टोलीको सहभागिता रहने जानकारी दिए ।
सोमवार सुरु हुने प्रतियोगिताका सहभागी टोलीलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
समूह ‘ए’ मा एलआरआई, डिएभी, संस्कृति र ब्लु बर्ड तथा समूह ‘बी’ मा अपी, ग्यालेक्सी, मनकामना र विश्व निकेतन रहेका छन् ।
भ्याली पब्लिक, गेट्वे, मोक्षदा र रेडियन्ट ‘बी’ समूह ‘सी’ मा छन् भने बालकुञ्ज, मृगसिरा वल्र्ड स्कुल र रेडियन्ट ‘ए’ समूह ‘डि’ मा छन् ।
खेल १० ओभरको हुने प्राविधिक प्रमुख रविन्द्र गुप्ताले जानकारी दिए। एक टोलीमा १० खेलाडी हुने छन् भने ८ जनाले खेल्ने छन् ।
विजेताले ३० हजार र दोस्रो टोलीले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
४ दिने प्रतियोगिताका खेलहरु आयोजक एकेडेमीको सानेपामै रहेको रेडियन्ट क्रिकेट एकेडेमीमा खेलाइने छ ।
संस्थापक प्रिन्सिपल ढुंगानाले विद्यार्थीलाई खेलकुदको माध्यमबाट पनि अगाडि बढाउन रेडियन्टले खेलकुदको विभिन्न क्षेत्रमा काम गर्दै आएको बताए ।
ढुंगानाले प्रतियोगिताले क्रिकेटको प्रवर्द्धनमा थोरै भएपनि सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आउने दिनमा प्रतियोगितालाई बृहत रुपमा आयोजना गर्ने योजना रहेको जनाए ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]