4 months ago
August 9, 2025
एजेन्सी – पाकिस्तानले पहिलो ओडिआईमा घरेलु टोली वेस्ट इण्डिजलाई ५ विकेटले हराएको छ।
बिहान ट्रिनिडाड एण्ड टोबागोमा शनिवार भएको पहिलो खेल जितेको पाकिस्तानले ३ ओडिआई सिरिजमा १-० को अग्रता बनाएको छ ।
२ सय ८१ रनको लक्ष्य पाकिस्तानले ४८.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा ‘प्लेयर अफ द म्याच’ हसन नवाज ५४ बलमा ५ चौका र ३ छक्कासहित ६३ रनमा अविजित रहे ।
कप्तान मोहम्मद रिजवान ६९ रनमा ४ चौकाको सहयोगमा ५३ रन बनाए । हुसेन तलत ३७ बलमा ४ चौका र १ छक्काको सहयोगमा ४१ रनमा अविजित जोडे ।
बाबर अजाम ६४ बलमा ४७, अब्दुल्हा शफिक ३३ बलमा २९ तथा सलमान आगा २६ बलमा २३ रनमा आउट भए ।
वेस्ट इण्डिजका लागि शेमार जोसेफले २ तथा जयडेन सेल्स, गुणकेश मोटी र रोस्टन चेसले समान १ विकेट लिए ।
त्यसअघि ब्रायन लारा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इण्डिज ४९ ओभरमा २ सय ८० रन बनायो ।
वेस्ट इण्डिजका लागि इभेन लुइसले ६२ बलमा ५ चौका र ३ छक्कासहित ६० रन बनाए ।
कप्तान शाई होपले ७७ बलमा ५५ र रोस्टन चेस ५४ बलमा ५३ रन जोडे । गुणकेश मोटीले १८ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३१ रन बनाए।
शेरफन रादरफोर्डले १० रन, केसी कार्टीले ३९ बलमा ३ चौकाको सहयोगमा ३० रन जोडे।
पाकिस्तानका शाहिन शाह अफ्रिदीले ४, नसिम शाहले ३ तथा सैयम अयुब, सुफियान मुकिम र सलमान आगाले समान १ विकेट लिए । दोस्रो ओडिआई आइतवार बिहान हुनेछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]