3 months ago
August 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- घरेलु टोली अष्ट्रेलियन क्रिकेट टेरिटोरी (एसिटी) ले नेपाललाई दोस्रो खेलमा ९७ रनको सामान्य लक्ष्य दिएको छ।
पहिले ब्याटिङ गरेको एसिटीले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ९६ रन बनाएको छ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरी र सहाब आलमले समान ४ विकेट लिएपछि एसिटीले लामो इनिङ खेल्न सकेन । दीपेन्द्र र सहाब दुबैले किफायती बलिङ गरे।
समान ४ ओभरमा दीपेन्द्रले १३ र सहाबले १२ रन खर्चे। गुलशन झा र कप्तान रोहित पौडेलले समान १ विकेट लिए।
एसिटीका लागि एन ब्रोएसले सर्वाधिक १६ तथा एम म्याकनामारा र टि होगनले समान १५ रन बनाए ।यसअघि आजै भएको पहिलो अभ्यास खेलमा नेपालले एसिटीलाई ४१ रनले हराएको थियो।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]