default_image

4 months ago

August 26, 2025

नेपाललाई सामान्य लक्ष्य

780 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- घरेलु टोली अष्ट्रेलियन क्रिकेट टेरिटोरी (एसिटी) ले नेपाललाई दोस्रो खेलमा ९७ रनको सामान्य लक्ष्य दिएको छ।

पहिले ब्याटिङ गरेको एसिटीले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ९६ रन बनाएको छ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरी र सहाब आलमले समान ४ विकेट लिएपछि एसिटीले लामो इनिङ खेल्न सकेन । दीपेन्द्र र सहाब दुबैले किफायती बलिङ गरे।

समान ४ ओभरमा दीपेन्द्रले १३ र सहाबले १२ रन खर्चे। गुलशन झा र कप्तान रोहित पौडेलले समान १ विकेट लिए।

एसिटीका लागि एन ब्रोएसले सर्वाधिक १६ तथा एम म्याकनामारा र टि होगनले समान १५ रन बनाए ।यसअघि आजै भएको पहिलो अभ्यास खेलमा नेपालले एसिटीलाई ४१ रनले हराएको थियो।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.