3 months ago
September 15, 2025
एजेन्सी – युएईमा जारी एसीसी टी-२० एसिया कपमा समूह ए बाट भारत एक खेल अगावै सुपर फोरमा पुगेकोछ । सोमबार राती घरेलु टोली युएईले ओमानलाई ४२ रनले हराएसँगै भारतको सुपर फोर यात्रा आधिकारीक रुपमा पक्का भएको हो ।
समूह ए मा भारत २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । भारतले युएईलाई ९ विकेट र पाकिस्तानलाई ७ विकेटले हराएको थियो । अन्तिम खेल भारतले शुक्रबार ओमानसँग खेल्नेछ । ओमान भने सुरुवाती दुबै खेलमा हारका साथ सुपर फोर दौडबाट बाहिरिएको छ । अव समूह ए मा युएई र पाकिस्तान मध्य एक टोलीको मात्रै ४ अंकको सम्भावना हुँदा भारतको सुपर फोर पक्का बनेको हो । समुह विजेता वा उप विजेताको रुपमा सुपर फोर खेल्ने भने अन्तिम खेलको नतिजाले मात्रै निर्धारण गर्नेछ ।
पाकिस्तानले ओमानलाई ९३ रनले हराउँदा भारतसँग भने ७ विकेटले हार्न पुगेको थियो । उता युएई भारतसँग ९ विकेटले पहिला खेलमा हार्दा दोस्रोमा ओमानलाई ४२ रनले हरायो । समान दुई अंक भएपनि नेटरनरेटको कारण पाकिस्तान दोस्रो स्थानमा छ । पाकिस्तान र युएईले बुधबार दुबईमा प्रतिस्पर्धा गर्नेछन् । विजेता टोली सुपर फोरमा पुग्ने पक्का भएको हो ।
उता समूह बी को सुपर फोर भने अफगानिस्तान, श्रीलंका र बंगलादेशबीच रोमाञ्चक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । श्रीलॅका समुह बि मा २ खेलमा ४ अंकका साथ शिर्षस्थानमा छ । अफगानिस्तान १ खेलमा २ मा जित सहित दोस्रो स्थानमा छ । अफगानिस्तान र श्रीलॅकाले बिहिबार खेल्नेछन । बंगलादेश २ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ । बंगलादेश र अफगानिस्तान मंगलबार प्रतिस्पर्धा गर्दै छन । हङकङ भने सबै तिन खेलमा हार सहित बाहिरिएको छ ।
हरेक समूहका शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । सुपर फोरका शीर्ष दुई टोली फाइनल खेल्नेछन् । सुपर फोरमा सबै टोलीले एक अर्कासँग खेल्नेछन् । सुपर फोर २० सेप्टम्बरदेखि २६ सम्म चल्नेछ । फाइनल २८ सेप्टेम्बरमा हुनेछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]