3 months ago
September 18, 2025
एजेन्सी – नेपालसँग दुई सातापछि खेल्ने तीन टि ट्वान्टी आई सिरिजको लागि वेष्टइण्डिजले आफ्नो टोली घोषणा गरेको छ ।
दोस्रो रोजाईका खेलाडीलाई मौका दिएको टोलीमा स्पिनर अकिल हुसेनले कप्तानी गर्नेछन् । अकिलसँगै ओपनर कायल मेयर्स, अनुभवी अलराउण्डर जेसन होल्डर र ओबेम म्याककोय टोलीमा समेटिएका छन् ।
नेपालले वेष्ट इण्डिजसँग सेप्टेम्बर २७, २९ र ३० मा शारजाहमा तीन टी ट्वान्टी सिरिज खेल्नेछ । नेपालले टेस्ट टोलीसँग पहिलो पटक सिरिज खेल्न लागेको हो ।

वेष्ट इण्डिजको टोली
अकिल हुसेन(कप्तान), फबिएन एलेन, जवेल एन्ड्रयु, एकिम, अगष्ट,नविन बिडाइसे, जेडिया ब्लेड्स, केसी कार्टी,करिमा गोर, जेसन होल्डर, अमिर जांगो, कायल मेयर्स, ओबेद म्याककोय, जिशान मोतरा, रामोन सिमन्ड्स र शमार स्प्रिंगर ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]