3 months ago
September 19, 2025
एजेन्सी – श्रीलंकाले एसीसी टी ट्वान्टी एसिया कपमा अफगानिस्तानलाई ६ विकेटले हराउँदै अपराजित रहँदै सुपर फोरमा पुगेको छ ।
जित्नलाई १ सय ७० रनको लक्ष्य पछ्याएको श्रीलंकाले १८.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाका ओपनर कुशल मेन्डिस ५२ बलमा १० चौकासहित ७४ रनमा अविजित रहे । कामिन्दु मेन्डिस १३ बलमा २ छक्कासहित २६ रनमा नट आउट रहे । मुजिबलाई लगातार दुई चौका हान्दै कुशल मेन्डिसले खेल सकाएका थिए ।
कुशल परेराले २० बलमा ३ चौकासहित २८, पाथुम निसांका ६, कामिल मिषारा ४ र चरिथ असलंकाले १७ रन बनाए ।अफगानिस्तानका नुर अहमद, मोहम्मद नाबी, आजमतुल्लाह ओमरजाई, मुजिबउर रहमानले १-१ विकेट लिए ।
त्यसअघि आबुधावीमा टस जितेर पहिला ब्याटिङ गर्दै अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६९ रन बनाएको थियो । अफगानिस्तानका मोहम्मद नाबीले २२ बलमा ३ चौका र ६ छक्कासहित ६० रनको आक्रामक इनिङ खेलेका थिए ।

उनले अन्तिम ओभरमा युवा स्पिनर दुनिथ वेलालागेलाई लगातार ५ छक्का प्रहार गरेपछि अफगानिस्तानले प्रतिस्पर्धात्मक योगफल बनाएको थियो । अन्य अफगानिस्तानी ब्याटरको प्रदर्शन भने राम्रो हुन सकेन । इब्राहिम जद्रानले २७ बलमा १ छक्कासहित २४ रन बनाए । राशिद खान २३ बलमा २ चौका र १ छक्कासहित नुवान थुशराको बलमा बोल्ड आउट भए ।
सुपर फोरमा पुग्न निर्णायक खेलमा श्रीलंकालाई तीव्र गतिका बलर नुवान थुसराले अफगानिस्तानका शीर्ष तीन ब्याटरलाई आउट गर्दै सानदार सुरुवात दिलाए । खराब लयमा रहेका रहमानउल्लाह गुरबाजलाई ८ रनमा कुशल परेराबाट क्याच आउट गराए । त्यसपछि सेद्दिकउल्लाह अटललाई १८ र करिम जन्नतलाई १ रनमा बाल्ड गरेपछि श्रीलंका पावरप्लेमा हाबी बनेको थियो ।
दोस्रो ओभरमै १८ रन खर्चेका तीव्र गतिका बलर दुश्मन्था चामिरालाई कप्तान चरिथ असलंकाले ११ औं ओभरमा मौका दिएका थिए । चामिराको बलमा रसुलीको क्याच डीपथर्डमा कुशल परेराले सानदार क्याच लिएका थिए । उनी १६ बलमा ९ रनमा आउट भए । अर्को ओभरमा दासुन शानकाको बलमा पुल सट खेल्न खोजेका आजमतुल्लाह ओमरजाई एज लागेर ६ रनमा बोल्ड भएपछि अफगानिस्तान ७१-५ को अवस्थामा पुगेको थियो ।
श्रीलंकाका नुवान थुशराले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । दुश्मन्था चामिरा, दुनिथ वेलालागे र दासुन शानकाले १-१ विकेट लिए ।

समूह ‘बी’ मा श्रीलंका ३ खेलमा अपराजित रहँदै सुपर फोरमा पुग्यो । बंगलादेश ३ खेलमा २ मा जित र १ मा हारसहित दोस्रो स्थानमा रहेर सुपर फोरमा पुग्यो । अफगानिस्तान भने ३ खेलमा १ मा जित र २ मा हारसहित तेस्रो स्थानमा रहेर बाहिरियो ।
समूह ए मा भारत २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । पाकिस्तान ३ खेलमा २ मा जित र १ मा हारसहित दोस्रो स्थानमा छ । समूह ए बाट भारत र पाकिस्तान सुपर फोरमा पुगेका छन् । शुक्रबार भारतले ओमानसँग खेल्दैछ । उक्त खेलपछि समूह ए को विजेता टुंगो लाग्नेछ ।
सुपर फोरमा सबै टोलीले एक अर्कासँग खेल्नेछन् । सुपर फोर २० सेप्टम्बरदेखि २६ सम्म चल्नेछ । फाइनल २८ सेप्टेम्बरमा हुनेछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]