3 months ago
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले विश्व विजेता वेस्ट इन्डिज विरुद्ध ३ टि ट्वान्टी आईको ऐतिहासिक सिरिज खेल्दैछ।
यो सिरिज युएईको सारजाह क्रिकेट स्टेडियममा असोज ११, १२ र १४ गते हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले यसलाई युनिटी कप अन्तराष्ट्रिय टि-ट्वान्टी सिरिज भनेर नाम दिएको छ।
नेपालमा भएको जेन जी प्रदर्शनपछि नेपालीलाई एक जुट बनाउनको लागि यो सिरिजको नाम युनिटी राखिएको क्यानका सचिव पारस खड्काले बताए।
यो सिरिजको लागि नेपली खेलाडीले करिब दुई साताको विश्रामपछि दुई दिन प्रशिक्षण गरेका छन्। अष्ट्रेलिया भ्रमणपछि नेपाली टोलीले हिजो र आज प्रशिक्षण गरेको हो। अब युएईमा करिब एक साता प्रशिक्षण गरेर नेपालले टेष्ट मान्यता प्राप्त राष्ट्र वेस्ट इन्डिजको सामना गर्नेछ।

वेस्ट इन्डिज र टि-ट्वान्टी विश्व कप छनोटको लागि नेपाली टोलीमा ब्याटिङ र पार्टनरसिप बढी महत्वपुर्ण रहने र त्यसमा बढी ध्यान दिने कप्तान रोहित पौडेलले बताए। साथै उनले नेपालले खेल्ने २ महत्वपूर्ण प्रतियोगिताको लागि उत्कृष्ट टोली छनोट भएको पनि बताए।
नेपाली टोलीका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले
ब्याटिङमा एकरूपता आउन नसकेको भएपनि टोलीमा अनुभवी खेलाडी भएको कारण सबैले आफ्नो भूमिका निभाउनेमा विश्वस्त रहेको बताए। उनले वेस्ट इन्डिजससँग सिरिजको लागि उत्साही रहेको र यो सिरिजले ओमानमा हुने छनोटको लागि सहयोग पुग्ने पनि आशा व्यक्त गरे।
नेपालले पहिलो पटक टेष्ट मान्यता प्राप्त राष्ट्रसँग खेल्न लागेको यो सिरिज ठूलो अवसरको रूपमा रहेको र यसमा राम्रो प्रदर्शन गर्न सकेको खण्डमा अन्य यस्तै ठूला राष्ट्रसँग खेल्ने मौका मिल्ने टोली सदस्य सन्दिप लामिछानेले बताए। उनी हिजो नेपाल आइपुगेका हुन्।
यो पटक टोलीमा सन्दीप जोरा र अलराउन्डर आदिल अन्सारी फर्किएका छन्। अघिल्लो महिना नेपालको ‘ए’ टिमबाट भारत भ्रमणमा रहेका आदिल तीन वर्षपछि राष्ट्रिय टोलीमा स्थान पाएका हुन्।

उनले लामो समयपछि कमब्याक गर्न पाउँदा खुशी लागेको बताउँदै उनले टोली बाहिर हुँदा पनि मिहिनेत गरिरहेको बताए। उनले भारत भ्रमणमा रहँदा उत्कृष्ठ प्रदर्शन पनि गरेका थिए। सन्दीप जोराले पनि भारतमा राम्रो प्रदर्शनका साथ बेस्ट ब्याटर बनेका थिए।
नेपाली टोली भोलि युएई जाने तयारीमा छ। प्रशिक्षक स्टुवार्ड ल सीधै युएई पुग्नेछन्। वेस्ट इन्डिजको सिरिजपछि नेपाली टोली टि-ट्वान्टी विश्व कप छनोटको लागि ओमान जानेछ। यही छनोटको तयारीको लागि नेपालले वेस्ट इन्डिजसँग सिरिज खेल्न लागेको हो।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले आज टियु मैदानमा टोलीलाई बिदाइ गरे। त्यसअघि जनजी आन्दोलनका क्रममा सहादत प्राप्त गर्नेहरुप्रति सम्झनामा दिप प्रज्वलनसहित मौन धारण गरिएको थियो।
नेपाली क्रिकेट टोली
रोहित पौडेल (कप्तान) , दीपेन्द्र सिंह ऐरी (उप कप्तान) , कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आशिफ शेख, आदिल अन्सारी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ शेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]