2 months ago
September 27, 2025
एजेन्सी – भारतले एसीसी टी ट्वान्टी एसिया कप २०२५ को सुपर फोर खेलमा सुपर ओभरमा श्रीलंकालाई हराएको छ । जित्नलाई सुपर ओभरमा ३ रन बनाउनु पर्ने हुँदा भारतले पहिलो बलमै जित हात पार्यो ।
भारतका शुभमन गिल र सूर्यकुमार यादव सुपर ओभरमा ३ रन बनाउन ब्याटिङमा आएका थिए । वानिन्दु हसरंगा बलिङमा थिए । पहिलो बलमै सूर्यले तीन रन बटुल्दै जित पक्का गरे ।
श्रीलंकाले सुपर ओभरमा दाशुन शानका र कुशल परेरालाई पठाएको थियो । पहिलो बलमै कुशल परेरा रिंकु सिंहबाट क्याच आउट भए । कामिन्दु मेन्डिसले दोस्रो बलमा एक रन बटुले । तेस्रो बल योर्करमा डट । त्यसपछि वाइड र चौथो बलमा दासुन शानका रन आउट भएका थिए ।
तर दाशुन शानकाले रिभ्यु लिदै डेड बलको कारण बचेका थिए । तर भारतीय कप्तान सूर्यकुमार यादवले केही समय अम्पायरसँग छलफल गरेका थिए । तर पाँचौं बलमा दाशुन शानका क्याच आउट भएपछि भारतले जित्नलाई मात्रै ३ रन बनाउनु पर्ने भएको थियो ।
जित्नलाई २ सय ३ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । अन्तिम बलमा ओभरमा श्रीलंकालाई जित्नलाई १२ रन चाहिँदा तीव्र गतिका बलर हर्षित रानाले ११ रन दिदै खेल सुपर ओभरमा पुर्याएका थिए ।
अन्तिम दुई बलमा ७ रन चाहिँदा दासुन शानकाले पाँचौं बलमा चौका र अन्तिम बलमा दुई रन बटुले । तेस्रो रन बटुल्ने अवसर रहेपनि ड्राइभ हानेर पछि नहेर्दा अवसर गुमाएका थिए ।
श्रीलंकाका ओपनर पाथुम निसांकाले ५८ बलमा ७ चौका र ६ छक्कासहित सर्वाधिक १ सय ७ रनको शतकीय इनिङ खेलेपनि जित्नलाई पर्याप्त भएन । अन्तिम ओभरमा जित्नलाई १२ रन चाहिँदा उनी हर्षित रानाको पहिलो बलमै बरुण चक्रवर्तीबाट क्याच आउट भएका थिए । निसांकाले १७ औं ओभरको अन्तिम बलमा अर्शदीप सिंहलाई स्टेटमा छक्का हान्दै ५२ बलमा आफ्नो टी-२० आई करिअरको पहिलो शतक हानेका थिए ।

दाशुन शानका ११ बलमा २ चौका र १ छक्कासहित २२ रनमा क्रिजमा रहे ।
तेस्रो नम्बरमा आएका कुशल परेरा ३२ बलमा ८ चौका र १ छक्कासहित ५८ रनको योगदान दिए । ओपनर कुशल मेन्डिस डक आउट भएपनि दोस्रो विकेटलाई कुशल परेरा र पाथुम निसांकाले १ सय २७ रनको शतकीय साझेदारी गरेका थिए । भारतका हार्दिक पान्ड्या, अर्शदीप सिंह, कुलदीप यादव र बरुण चक्रवर्तीले १-१ विकेट लिए ।
त्यसअघि दुबई क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २ रन बनाएको थियो ।
भारतका ओपनर अभिषेक शर्माले ३१ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६१ रन बनाए । तिलक बर्मा ३४ बलमा ४ चौका र १ छक्कासहित ४९ तथा सञ्जु स्यामसनले २३ बलमा १ चौका र ३ छक्कासहित ३९ रन बनाए । शुभमन गिल ४, कप्तान सूर्यकुमार यादव १२, हार्दिक पान्ड्या २ र अक्षर पटेल २१ रन बनाए ।
श्रीलंकाका महेश थिक्सेना, दुश्मन्था चामिरा, वानिन्दु हसरंगा, दासुन शानका र चरिथ असलंकाले १-१ विकेट लिए ।
समूह बी बाट अपराजित रहँदै आएको श्रीलंका सुपर फोरमा पाकिस्तान र बंगलादेशसँग पराजित भएपछि फाइनल दौडबाट बाहिरिएको थियो । अपराजित भारत र पाकिस्तानबीच आईतबार फाइनलमा प्रतिस्पर्धा हुनेछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]