default_image

2 months ago

September 27, 2025

‘अवसरको ढोका खोल्न ऐतिहासिक सिरिजको नतिजा महत्वपूर्ण हुन्छ ‘- कप्तान रोहित

731 views

0 Bookmark

शारजाह (हाम्रो खेलकुद)- ऐतिहासिक युनिटी कप भोलि देखि युएईको शारजाह क्रिकेट स्टेडियममा सुरू हुँदैछ। नेपालले कुनै पनि टेष्ट राष्ट्रसँग खेल्न लागेको पहिलो सिरिज भएको कारण यसको महत्व छुट्टै छ।

सिरिज अगाडि नेपाल र वेस्ट इन्डिजले प्रि म्याच कन्फ्रेन्समा उत्कृष्ट क्रिकेट खेल्ने बताएका छन् । वेस्ट इन्डिजका कप्तान सकिल होसेनले युनिटी कपमा नेपालसँग खेल्न पाएकोमा खुशी लागेको बताए।

नेपालसँगको यो ऐतिहासिक सिरिज खेल्न उत्साही भएको र राम्रो क्रिकेट हुने, उनले भने।

उनले पहिलो पटक कप्तानको जिम्मेवारीमा निभाउँदै छन्। टोलीमा युवा खेलाडीहरू रहेको भन्दै नेपाललाई सजिलै नलिने र नेपालको जितको भोक बारे जानकार रहेको पनि बताए। भर्खरै सिपिएलमा सहभागी भएर आएकोले वेस्ट इन्डिजलाई सहज हुन सक्छ।

नेपाली टोलीका कप्तान रोहित पौडेलले यो ऐतिहासिक अवसरको लागि वेस्ट इन्डिज क्रिकेट बोर्डलाई धन्यवाद दिंदै राम्रो तयारी भएकोले नेपाल तयार रहेको बताए। नेपालले नै आयोजना गरे पनि यो सिरिज युएईमा हुँदैछ। तर पनि केहि दिन अगाडि आएर प्रशिक्षण गरेको र यहाँको कन्डिसनको आधारमा खेल्ने बताए ।

नेपालले यसअघि एसिया कप लगायतको टेष्ट राष्ट्रसँग खेलेको अनुभवहरूलाई सदुपयोग गरेर जित्नकै लागि खेल्ने र टोली जितको लागि तयार रहेकोमा रोहित विश्वस्त छन्।

साथै यो सिरिजको प्रदर्शन निकै महत्वपूर्ण रहने भन्दै आगामी दिनमा यो सिरिजको नतिजाले यस्तो अवसरको बाटो खोल्ने बताए। त्यसैले यो सिरिजको नतिजा नेपालको लागि बढी महत्वपूर्ण रहनेछ।

नेपालले यसअघि गत वर्ष वेस्ट इन्डिजको ‘ए’ टिमसँग खेलेको अनुभव पनि रहेको छ। अहिलेको टोलीमा वेस्ट इन्डिज ‘ए’ का केहि खेलाडी पनि छन्। पहिलो खेल भोलि नेपाली समयअनुसार साँझ ८:१५ बजे हुनेछ।

नेपालले आयिजना गरेको यो सिरजको सबै तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले जानकारी दिए।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.