2 months ago
October 3, 2025
एजेन्सी – वेस्ट इन्डिजसँगको पहिलो टेस्टमा घरेलु टोली भारतले बलियो पकड बनाएको छ ।
३ खेलाडीले शतक पूरा गरेपछि भारतले दोस्रो दिन शुक्रवार खेल सकिँदा ५ विकेटको क्षतिमा ४ सय ४८ रन जोड्यो। भारत २ सय ८६ रनले अगाडि छ।
अहमदाबादमा पहिलो दिन अर्धशतकमा नटआउट रहेका केएल राहुलले शतक पूरा गरे। उनले १ सय ९७ बलमा १२ चौका प्रहार गर्दै १ सय रन बनाए।
त्यस्तै, कप्तान शुभमन गिलले पनि १ सय बलमा अर्धशतक पूरा गरे। ध्रुव जुरेलले २ सय १० बलमा १५ चौका र ३ छक्का प्रहार गर्दै १ सय २५ रन बनाए।
अलराउण्डर रविन्द्र जडेजा भने १ सय ७६ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै १ सय ४ रनमा नटआउट रहे। उनी तेस्रो दिन वाशिङटन सुन्दर (९*)सँगै ब्याटिङ सुरु गर्नेछन्।
भारतले २ विकेटको क्षतिमा १ सय २१ रनबाट दोस्रो दिनको खेल अघि बढाएको हो। वेस्ट इन्डिजले पहिलो इनिङमा १ सय ६२ रन बनाएको थियो।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]