default_image

1 month ago

October 7, 2025

‘सपना पूरा भएको छ’- कप्तान इन्दु

440 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले १ हजार रन पार गर्ने सपना पूरा भएको बताएकी छिन्।

घरेलु टोली मलेसियासँग टि ट्वान्टी आई सिरिजको चौथो खेलमा आज नटआउट ४८ रन बनाउँने क्रममा आह उनले १ हजार रनको कोसे ढुंगा पूरा गरेकी हुन्।

‘६ सय रन पार गरेपछि १  हजार रनको सपना देखेकी थिए,’ उनले हाम्रो खेलकुदसँग भनिन्, ‘आज त्यो सपना पूरा भयो। टि-ट्वान्टी आईमा १ हजार रन पूरा गर्ने इन्दु पहिलो नेपाली महिला खेलाडी बनेकी छिन्।

यसअघिका ७६ खेलमा इन्दुले ९ सय ८५ रन बनाएकी थिइन्। मलेसियासँग १५ रन जोडेसँगै उनको १ हजार रनको आँकडा पूरा भएको हो। आफ्नो करियरमा १ हजार १८ औं बलमा चौका प्रहार गर्दै उनले १ हजार रन पूरा गरेकी थिइन्।

आजको खेलपछि इन्दुको कुल रन १ हजार ३३ रन पुगेको छ । जसमा ७७ चौका र ३ छक्का सामेल छ।उनले एक पटक अर्धशतक बनाएकी छिन्। सन् २०२१ मा कतार विरुद्ध अविजित ५५ रन जोडेकी थिइन्। टि ट्वान्टी आईमा त्यो उनको व्यक्तिगत उच्च स्कोर पनि हो।

इन्दुले आज खेल्ने क्रममा भने १ हजार रन पूरा भएको आफूलाई थाहा नरहेको बताइन् । ‘मैदानमा हुँदा त्यसबारे थाहा नै थिएन । डगआउटबाट साथीहरुलेले ‘हजार रन पूरा भयो’ भनेपछि मात्र थाहा पाएँ,’ उनले भनिन्।

इन्दुले व्यक्तिगत उपलब्धिभन्दा टोलीको जित आफ्नो लागि महत्वपूर्ण हुने बताइन् । ‘मेरो लागि टोलीको जित नै प्रमुख हो। टोलीकै कारण मैले हजार रन पूरा गरेकी हुँ। त्यसको  खुसी खेल सकिएपछि ड्रेसिङ रूममा मनाएँ।’

इन्दुले अबको लक्ष्य  बिस्तारै १ हजार ५ सय हुँदै २ हजार रन पुर्याउने रहेको बताइन्। सर्वाधिक रन बनाउने दोस्रो नेपाली खेलाडी सीता राना मगर हुन्। उनले ६२ खेलमा ९ सय ६५ रन बनाएकी छिन्।

November 13, 2025

पारस सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसेडेर

काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्‌का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]

November 13, 2025

एनपिएल ‘डिशहोम गो’ मा हेर्न सकिने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ८ टोलीको‌ सहभागितामा मंसिर १ देखि २७ गते (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म हुने एनपिएलका सबै ३२ खेल ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई […]

November 13, 2025

समिर‌ लुम्बिनी लायन्सको आइकोनिक खेलाडी

भैरहवा (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि समिर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ । लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् । कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलबाट आइकोनिकसहित उत्कृष्ट ३ खेलाडी […]

Success

Thank you for your time.