default_image

1 month ago

October 8, 2025

नेपाललाई टि ट्वान्टी आई सिरिजको उपाधि

549 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले मलेसियासँगको टि ट्वान्टी आई सिरिज जितेको छ। पाँचौ तथा अन्तिम खेलमा आज मलेसियालाई ५ विकेटले हराउँदै नेपालले सिरिज ३-२ ले जितेको हो।

नेपालले १ सय ४ रनको लक्ष्य १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।  नेपालका लागि ओपनर रुबी पोद्दारले २६ रन, पूजा महतोले २४ रन , कविता कुँवरले १४ जोडिन् ।

ओपनर सम्झना कुमारी खड्काले १३ र कप्तान इन्दु बर्माले ८ रन बनाइन् । रुविना क्षेत्रीले १५ रन र कविता जोशी १ रनमा नटआउट रहिन् ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले ७ विकेट गुमाउँदै १ सय ३ रन बनाएको थियो। विनिफ्रेड दुरासिंगमले टोलीका लागि सर्वाधिक ४० रन बनाइन् ।

नेपालका लागि राजमति ऐरी र कविता कुँवरले समान ३ र रचनाकुमारी चौधरीले १ विकेट लिइन् । हिजो चौथो खेलमा ६ विकेटको जितसँगै नेपालले सिरिजमा २-२ को बराबरी गरेको थियो।

यसअघि मलेसियाले पहिलो खेल ३ विकेट र तेस्रो खेल १३ रनको जितको थियो । दोस्रो खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो।

November 14, 2025

जनकपुर बोल्ट्स र म्यानेजमेन्टबीच निरन्तर सहकार्य

हेटौंडा (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को साविक विजेता जनकपुर बोल्ट्स र हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसिएल साइन्सेसबीच यो वर्ष पनि सहकार्य हुने भएको छ । जनकपुर र म्यानेजमेन्टको प्रतिनिधिले शुक्रबार हेटौंडामा सम्झौता पत्रमा हस्ताक्षर गर्दै यसवर्ष पनि सहकार्यलाई जारी राख्ने घोषणा गरेका हुन् । जनकपुरको तर्फबाट क्लबका सहलगानीकर्ता महेश सिग्देल र म्यानेजमेन्टका […]

November 14, 2025

काठमाडौं गोर्खाज र प्रभु महालक्ष्मीको सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)- काठमान्डु गोर्खाजले प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स लिमिटेडसँग प्रायोजन सम्झौता गरेको छ । सोमबारबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन खेल्नेक्रममा रहेको काठमान्डु गोर्खाजको लाइफ इन्सोरेन्स पार्टनरको रुपमा प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स रहने छ । काठमान्डु गोर्खाज र प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स बीच बिहीवार सम्झौता भएको छ । गोर्खाजका कार्यकारी […]

November 13, 2025

पारस सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसेडेर

काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्‌का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]

Success

Thank you for your time.