2 months ago
October 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले राजु बस्न्यातलाई कन्सल्ट्यान्ट प्रशिक्षकमा निरन्तरता दिएको छ ।
कर्णाली याक्स स्पोर्ट्स प्रा.लि.का अध्यक्ष झनकदत्त खनालले आज बस्नेतलाई एनपिएलको दोस्रो संस्करणको लागि नियुक्त पत्र प्रदान गरे।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य रहिसकेका बन्स्यातले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका छन् ।
कर्णाली याक्सले एनपिएलका दोस्रो संंस्करणका लागि नेपाली टोलीकस पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई मुख्य प्रशिक्षकमा निरन्तरता दिइसकेको छ। कर्णालीले पहिलो संस्करणमा दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो।
मंसिर १ देखि २७ गतेसम्म हुने दोस्रो एनपिएलको लागि कर्णालीले मार्की खेलाडी सोमपाल कामीसहित ७ खेलाडीलाई रिटेन गरिसकेको छ।
गुलशन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरी रिटेन भएका खेलाडी हुन्।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]