1 month ago
October 8, 2025
मस्कट (हाम्रो खेलकुद) – नेपालले आईसीसी टी ट्वान्टी विश्वकप एसिया तथा इएपी छनोटको आफ्नो पहिलो खेलमा कुवेतलाई १ सय ४२ रनको मध्यम लक्ष्य दिएकोछ । ओमान क्रिकेट एकेडेमी १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४१ रन बनायो ।

नेपालका कुशल भुर्तेलले ५६ बलमा ३ छक्का र ३ चौकासहित सर्वाधिक ६६ रन बनाए । गुल्शन झाले तल्लोक्रममा ६ बलमा ३ छक्कासहित महत्वपूर्ण २० रन बटुले ।
नेपालका ओपनर आसिफ शेख २, कप्तान रोहित पौडेल १५ बलमा ३ चौकासहित १६, दीपेन्द्रसिंह ऐरी २०, सन्दीप जोरा ५ र कुशल मल्ल ४ रनमा आउट भए ।
कुवेतको बलिङ सामु नेपालका कुनैपनि ब्याटरले कुनैपनि समय खुलेर खेल्न नसकेपछि अपेक्षा भन्दा निकै खराब ब्याटिङ गरेको थियो । १९ औं ओभरमा नेपालले २७ रन जोड्दै मध्यम योगफलमा पुगेको हो ।नेपालले १९ औं ओभरमा कुल २७ रन जोडेको थियो । गुल्शन झाले ३ छक्का र कुशल भुर्तेलले दुई चौका नविनराजलाई हानेका थिए ।
कुवेतका तीव्र गतिका बलर मोहम्मद अकिफ फारुकले तेस्रो ओभरमै अफसाइडको बल मिस गर्दै ओपनर आसिफ शेखलाई २ रनमा एलबीडब्लू आउट गरेका थिए ।
नेपालले चौथो ओभरको पहिलो बलमा यासिन पटेललाई प्रहार गरेको छक्का नै इनिङको पहिलो बाउन्ड्री थियो । नेपालले सुरुवाती ६ ओभरमा १ विकेट गुमाउँदै ३९ रन बनाएको थियो । उक्त समय कुशल भुर्तेल १९ बलमा २५ रन र रोहित पौडेल १० बलमा १० रनमा खेलेका थिए ।

लेगस्पिनर नविनराज राजेन्द्रानको योर्कर बलमा रोहित पौडेल १६ रनमा बोल्ड आउट हुँदा नेपाल ७.२ ओभरमा ४६–२ को अवस्थामा पुगेको थियो । दोस्रो विकेटलाई रोहित र कुशल भुर्तेलले ४१ रनको साझेदारी गरेका थिए । त्यसपछि नेपालले कुशल मल्ललाई ४ र सन्दीप जोरालाई ५ रनमा गुमाएपछि नेपाल ११.४ ओभरमा ६३–४ को अवस्थामा पुगेको थियो ।
नेपालले सातौं ओभरको पहिलो बलमा चौका हानेपछि फेरि बाउन्ड्री हान्न ६२ बल लागेको थियो । दीपेन्द्रले १७ औं ओभरको तेस्रो बलमा छक्का हान्दै बाउन्ड्री खडेरी तोडेका थिए । यसै ओभरको अन्तिम ओभरमा कुशल भुर्तेलले छक्का हान्दै नेपालको एक सय रन आकाडा १७ औं ओभरमा पूरा गरेका थिए । दीपेन्द्र १९ बलमा १ छक्कासहित २० रनमा रन आउट भए ।
कुवेतका नविनराज राजेन्द्रानले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । अनुपदीपले २, मोहम्मद अस्लाम र मोहम्मद फारुकले १-१ विकेट लिए ।
November 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले शैक्षीक परामर्श संस्था केआइइसीसंग प्रायोजन सम्झौता गरेको छ । काठमान्डु गोर्खाजले मंसिर १ गते देखि सुरु हुने दोस्रो एनपिएलमा प्रतिस्पर्धा गर्दैछ । केआइइसीले विदेशमा अध्ययन गर्न चाहने र सफल अन्तर्राष्ट्रिय करियर निर्माण गर्न उत्सुक विधार्थीका लागि २० वर्ष देखि शैक्षिक परामर्श दिदै […]
November 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली क्रिकेट समर्थक बीच परिचित प्रशिक्षक पुबुदु दासानायकेले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणमा विराटनगर किङ्सको कमान सम्हाल्ने भएका छन्। पुबुदुकै प्रशिक्षणमा जनकपुर बोल्ट्सले एनपिएलको पहिलो संस्करण जितेको थियो। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक पुबुदुसँग अनुबन्ध भएको विराटनगर किङ्सले जनाएको छ। एसोसिएट क्रिकेटका लागि परिचित पुबुदु अमेरिकी क्रिकेट टोलीको प्रशिक्षक […]
November 9, 2025
धनगढी (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य तथा सुदूरपश्चिम रोयल्सका ब्याटर विनोद भण्डारीलाई ब्रेड बक्सले आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ। धनगढी स्थित क्याफेमा आज आयोजित कार्यक्रममा सो घोषणा गरिएको हो। क्याफेले विनोदको लोकप्रियता, खेलकुदमा समर्पण र सुदूरपश्चिमका युवामाझ उनको सकारात्मक प्रभावलाई ब्रान्डको पहिचानसँग जोड्ने उद्देश्य राखेको जनाएको छ। ब्रेड बक्सले आफै स्थानीय […]