default_image

1 month ago

October 9, 2025

‘टियु क्रिकेट मैदान सरकारको प्राथमिकतामा’ मन्त्री घिसिङ

284 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानको निरीक्षण गरेका छन्।

निरीक्षणपछि मन्त्री घिसिङले क्रिकेट मैदान निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए। स्टेडियम सबैका लागि महत्वपूर्ण भएकाले छिटोभन्दा छिटो निर्माण पूरा गरी हस्तान्तरण गर्न उनले निर्माण कम्पनीलाई निर्देशन दिएको पनि जानकारी गराए।

उनका अनुसार निर्माण कार्यलाई अघि बढाउन अर्थ मन्त्रालयले समेत सहयोग गर्नेछ। मन्त्री घिसिङले सरकारका तर्फबाट दोस्रो चरणको काम पनि शीघ्र अघि बढाइने जानकारी दिएका छन्। नेपाल प्रिमियर लिग (एनपिएल) सञ्चालन हुनु अघि आवश्यक सबै तयारी पूरा गर्न उनले सम्बन्धित निकायलाई निर्देशन दिए।

मन्त्री घिसिङले थपे, ‘यो नयाँ स्टेडियम नेपालको पहिलो प्राथमिकता हो। खेल क्षेत्रका अन्य पूर्वाधारहरू पनि हामीले समान प्राथमिकतामा राखेर विकास गर्नुपर्नेछ।’

गत फागुनदेखि टियु मैदानमा प्यारापिटमा कुर्सी जडान र फ्लडलाइट निर्माण कार्य भइरहेको छ। २० फागुनमा सुरु भएको यो काम वैशाख २४ गते भित्र सक्ने योजना भए पनि निर्धारित समयमा पूरा हुन सकेन। अहिले समय थप गरेर निर्माण कार्यलाई तीव्रता दिइएको छ।

पहिलो चरणमा १० हजार क्षमताको सिट जडान भैसकेको छ। नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले मन्त्री घिसिङलाई निरीक्षण गराएका थिए।

November 13, 2025

पारस सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसेडेर

काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्‌का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]

November 13, 2025

एनपिएल ‘डिशहोम गो’ मा हेर्न सकिने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ८ टोलीको‌ सहभागितामा मंसिर १ देखि २७ गते (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म हुने एनपिएलका सबै ३२ खेल ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई […]

November 13, 2025

समिर‌ लुम्बिनी लायन्सको आइकोनिक खेलाडी

भैरहवा (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि समिर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ । लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् । कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलबाट आइकोनिकसहित उत्कृष्ट ३ खेलाडी […]

Success

Thank you for your time.