2 months ago
October 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) टोली विराटनगर किंग्सले कोशी प्रदेश क्रिकेट संघको सहकार्यमा उदयीमान खेलाडीको प्रतिभा प्रदर्शनका लागि ‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।
कोशी प्रदेशका ५ जिल्ला झापा, मोरङ, सुनसरी, उदयपुर र इलामका यु २३ टोली सहभागी हुने प्रतियोगिता टि–ट्वान्टी फर्म्याटमा खेलाइने विराटनगर किंग्सले जनाएको छ।
प्रतियोगिता असोज २५ देखि ३० गतेसम्म झापास्थित मेची बहुमुखी क्याम्पसको खेलमैदानमा आयोजना हुनेछ। प्रतियोगितामा प्रत्येक दिन २ खेल हुने आयोजकले जानकारी दिएको छ।
विराटनगर किंग्सका निर्देशक दिपेन्द्र चौधरीले प्रतियोगिताको उद्देश्य युवा खेलाडीलाई आफ्नो क्रिकेट प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नु र व्यावसायिक खेल जीवनतर्फको यात्रा प्रारम्भ गर्नु रहेको बगाए ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विराटनगर किंग्सको डेभलपमेन्ट स्क्वाडमा चयन गरिनेछ।
चौधरीका अनुसार डेभलपमेन्ट स्क्वाडमा चयन हुने खेलाडीले किंग्स टोलीसँगै अभ्यास, कौशल विकास तथा व्यावसायिक प्रशिक्षण का अवसर प्राप्त गर्ने छन्।
साथै, तीमध्ये एक उत्कृष्ट खेलाडीले आगामी एनपिएलमा विराटनगर किंग्सको मुख्य स्क्वाडमा खेल्ने अवसर पाउने बताइएको छ।
राष्ट्रिय टोलीका सदस्य सन्दिप लामिछाने मार्की खेलाडी रहेको विराटनगर किंग्सले सधैं युवा प्रतिभाको विकास र खेल भावनाको प्रवर्द्धनमा अग्रसर रहने प्रतिबद्धता जनाएको छ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]