default_image

2 months ago

October 10, 2025

नेपाललाई जापानसँग जित्नै पर्ने

1569 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद)- नेपाल र जापानका लागि ओमानमा जारी आइसिसी टि ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिकसँगको आफ्नो पहिलो खेल वार्म अप जस्तै भएको छ।

नेपाल र जापान दुबैले कुवेतलाई हराउँदै विश्व कप छनोटको यात्रा सुरु गरेका थिए। नेपाल र जापान पहिलो जितबाटै सुपर सिक्स पुगेका छन् भने कुवेत छनोटबाट बाहिरिएको छ। नेपाल र जापानबीच नेपाली समयअनुसार दिउँसो ४:१४ मा सुरु हुने खेल जसले जित्छ त्यो टोली समूह विजेता बन्नेछ र सुपर सिक्सअघि टोलीसँग २ अंक हुनेछ।

बाहिरिसकेको टोलीसँग समूह चरणमा जितेपनि त्यसको अंक सुपर सिक्सको अंकमा जोडिने छैन । त्यसअर्थ सुपर सिक्समा २ अंकसहित जानका लागि नेपाल र जापान दुबैलाई आजको खेल जित्नै पर्ने बाध्यता छ। छनोटमा सहभागी ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ। हरेक समूहका शीर्ष २ टोली सुपर सिक्समा जानेछन् ।

समूह चरणमा प्रतिस्पर्धा गरेर अघि बढेका दुई टोलीबीच सुपर सिक्समा खेल्नु पर्दैन । त्यसैले सुपर सिक्समा पुग्ने टोलीले आफ्नो समूहबाट आएको बाहेकका ४ टोलीको सामना गर्नेछ। सुपर सिक्समा शीर्ष ३ टोलीले अर्को वर्ष भारत र श्रीलंकामा हुने टि ट्वान्टी विश्वकप खेल्न पाउनेछन्। सुपर सिक्समा बलियो दाबेदारी पेश गर्न नेपालले आजको खेल जित्नुपर्नेछ।

कागजी रुपमा र वरीयताका आधारमा हेर्दा जापान भन्दा नेपाल बलियो अवस्थामा छ । तर, त्यसकै आधारमा खेल जितिन्छ भन्न सकिन्न। हिजै छनोटमा टि ट्वान्टी आईको वरीयतामा निकै पछि रहेको जापानले कुवेतलाई निराश पारेबाट पनि नेपालले सचेत हुनैपर्छ। यद्दपी नेपालले आफ्नो टोलीको क्षमतालाई बिर्सनुहुँदैन।

नेपालसँग १ सय ४२ रनको लक्ष्य पूरा गर्ने नसकेको कुवेतले जापानसँग १ सय ७७ रनको स्कोर लाई पनि जोगाउन सकेन ।

टि ट्वान्टी आई वरीयतामा नेपाल १८ औं कुवेत २३ औं र जापान ४३ औं स्थानमा छ। नेपाल र जापानबीच सिनियर टोलीबीच पहिलो पटक टि ट्वान्टी आई खेल्दैछ । आजको खेल नेपालले जितेको खण्डमा त्यसलाई स्वभाविक मानिने छ। तर जापान जित्छ भने विश्व क्रिकेटमा त्यो अर्को अप्रत्यासित नतिजा हुनेछ।

जापान त्यहि सर्प्राइज दिने कोशिसमा हुनेछ। नेपालको ध्यान सुपर सिक्समा मजबुत सुरुवातका लागि आजको जित आफ्नो पक्षमा पार्नु हुनेछ। ‘नेपालसँग खेल्नु हाम्रो लागि ठूलो अवसर हो,’ कुवेतसँग अर्धशतक बनाउँदै प्लेयर अफ दि म्याच मोहम्मद इसानले भनेका थिए,’हाम्रो अन्तिम लक्ष्य भनेको विश्व कपमा छनोट हुने हो।’

कुवेतसँग १ सय ४१ रनको स्कोर जोगाउने क्रममा नेपालमे उत्कृष्ट बलिङ र फिल्डिङ गर्दै कुवेतलाई ८३ रनमा अल आउट गरेको थियो । ब्याटिङमा भने केहि दबाबमा रह्यो ।

जापानसँग पहिले ब्याटिङको अवसर मिल्यो भने सम्भव नेपालले आफ्नो क्षमताको अधिकतम् प्रयोग गर्नेछ। पहिले फिल्डिङ गरेको अवस्थामा बलिङ फिल्डिङको छवि अनुसारको प्रदर्शन गर्नेमा आशावादी हुन सकिन्छ।

नेपाललाई स्तब्ध पारेमा भने जापानको विश्व क्रिकेटमा चर्चाको दायरा अझै फराकिलो बन्नेछ। अन्ततः दुबै टोलीको लक्ष्य विश्व कप छनोटको भएकाले आजको खेलमा गुमाउन चाहँदैनन् र हर सम्भव आफ्नो पक्षमा नतिजा निकाल्ने कोशिस गर्ने छन् ।

जापान विरुद्ध नेपालको सम्भावित ११

कुशल भुर्तेल , आसिफ शेख (विकेट किपर), रोहित पौडेल (कप्तान), कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी (उप कप्तान), गुलशन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.