2 months ago
October 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला राष्ट्रिय टोलीकी उप कप्तान पूजा महतोसहित ६ खेलाडीले मलेसियामा एनसिए वमन इन्टर स्टेट टि ट्वान्टी च्याम्पियनसिप खेल्ने भएका छन्।
६ नेपाली खेलाडीले २ टोलीबाट खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ।
पूजासहित राष्ट्रिय टोलीकी पूर्व कप्तान रुविना क्षेत्री र कविता कुँवरले सारावक क्रिकेट एसोसिएसनबाट खेल्नेछन् । राष्ट्रिय टोलीकी पूर्व उपकप्तान सीता राना मगर , कविता जोशी राजमति ऐरीले सलांगोर क्रिकेट एसोसिएसनबाट खेल्नेछन्।
मलेसियाको क्वालालम्पुरमाना टि ट्वान्टी च्याम्पियनसिप अक्टोबर १८ देखि २८ सम्म हुनेछ।
मलेसियासँग ५ खेलको टि ट्वान्टी आई सिरिज ३-२ ले जितेपछि ६ खेलाडी बाहेकको टोली बिहीवार राति स्वदेश फर्केको थियो।
सिरिजअघि नेपाली महिला टोलीका १४ खेलाडीले फरक फरक टोलीबाट मलेसियाको सुपर लिग खेलेका थिए।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]