1 month ago
October 10, 2025
मस्कट (हाम्रो खेलकुद)- नेपालले ओमानमा जारी आइसिसी टि ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक आफ्नो दोस्रो खेलमा टस जितेर फिल्डिङ रोजेको छ।
जापानले पहिले ब्याटिङ गर्नेछ । नेपालले कुवेतसँगको टोलीलाई नै निरन्तरता दिएको छ
नेपाललाई जापानसँग जित्नै पर्ने
नेपाल र जापानका लागि आफ्नो पहिलो खेल वार्म अप जस्तै भएको छ। नेपाल र जापान दुबैले कुवेतलाई हराउँदै विश्व कप छनोटको यात्रा सुरु गरेका थिए। नेपाल र जापान पहिलो जितबाटै सुपर सिक्स पुगेका छन् भने कुवेत छनोटबाट बाहिरिएको छ।
नेपाल र जापानबीच नेपाली समयअनुसार दिउँसो ४:१४ मा सुरु हुने खेल जसले जित्छ त्यो टोली समूह विजेता बन्नेछ र सुपर सिक्सअघि टोलीसँग २ अंक हुनेछ।
बाहिरिसकेको टोलीसँग समूह चरणमा जितेपनि त्यसको अंक सुपर सिक्सको अंकमा जोडिने छैन । त्यसअर्थ सुपर सिक्समा २ अंकसहित जानका लागि नेपाल र जापान दुबैलाई आजको खेल जित्नै पर्ने बाध्यता छ। छनोटमा सहभागी ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ। हरेक समूहका शीर्ष २ टोली सुपर सिक्समा जानेछन् ।
समूह चरणमा प्रतिस्पर्धा गरेर अघि बढेका दुई टोलीबीच सुपर सिक्समा खेल्नु पर्दैन । त्यसैले सुपर सिक्समा पुग्ने टोलीले आफ्नो समूहबाट आएको बाहेकका ४ टोलीको सामना गर्नेछ।
सुपर सिक्समा शीर्ष ३ टोलीले अर्को वर्ष भारत र श्रीलंकामा हुने टि ट्वान्टी विश्वकप खेल्न पाउनेछन्। सुपर सिक्समा बलियो दाबेदारी पेश गर्न नेपालले आजको खेल जित्नुपर्नेछ।
कागजी रुपमा र वरीयताका आधारमा हेर्दा जापान भन्दा नेपाल बलियो अवस्थामा छ । तर, त्यसकै आधारमा खेल जितिन्छ भन्न सकिन्न। हिजै छनोटमा टि ट्वान्टी आईको वरीयतामा निकै पछि रहेको जापानले कुवेतलाई निराश पारेबाट पनि नेपालले सचेत हुनैपर्छ। यद्दपी नेपालले आफ्नो टोलीको क्षमतालाई बिर्सनुहुँदैन।
नेपालसँग १ सय ४२ रनको लक्ष्य पूरा गर्ने नसकेको कुवेतले जापानसँग १ सय ७७ रनको स्कोर लाई पनि जोगाउन सकेन ।
टि ट्वान्टी आई वरीयतामा नेपाल १८ औं कुवेत २३ औं र जापान ४३ औं स्थानमा छ। नेपाल र जापानबीच सिनियर टोलीबीच पहिलो पटक टि ट्वान्टी आई खेल्दैछ ।
आजको खेल नेपालले जितेको खण्डमा त्यसलाई स्वभाविक मानिने छ। तर जापान जित्छ भने विश्व क्रिकेटमा त्यो अर्को अप्रत्यासित नतिजा हुनेछ। जापान त्यहि सर्प्राइज दिने कोशिसमा हुनेछ।
नेपालको ध्यान सुपर सिक्समा मजबुत सुरुवातका लागि आजको जित आफ्नो पक्षमा पार्नु हुनेछ। ‘नेपालसँग खेल्नु हाम्रो लागि ठूलो अवसर हो,’ कुवेतसँग अर्धशतक बनाउँदै प्लेयर अफ दि म्याच मोहम्मद इसानले भनेका थिए,’हाम्रो अन्तिम लक्ष्य भनेको विश्व कपमा छनोट हुने हो।’
कुवेतसँग १ सय ४१ रनको स्कोर जोगाउने क्रममा नेपालमे उत्कृष्ट बलिङ र फिल्डिङ गरेको थियो । ब्याटिङमा भने केहि दबाबमा रह्यो । जापानसँग पहिले ब्याटिङको अवसर मिल्यो भने सम्भव नेपालले आफ्नो क्षमताको अधिकतम् प्रयोग गर्नेछ।
पहिले फिल्डिङ गरेको अवस्थामा बलिङ फिल्डिङको छवि अनुसारको प्रदर्शन गर्नेमा आशावादी हुन सकिन्छ। नेपाललाई स्तब्ध पारेमा भने जापानको विश्व क्रिकेटमा चर्चाको दायरा अझै फराकिलो बन्नेछ।
अन्ततः दुबै टोलीको लक्ष्य विश्व कप छनोटको भएकाले आजको खेलमा गुमाउन चाहँदैनन् र हर सम्भव आफ्नो पक्षमा नतिजा निकाल्ने कोशिस गर्ने छन् ।
जापान विरुद्ध नेपालको प्लेइङ ११
कुशल भुर्तेल , आसिफ शेख (विकेट किपर), रोहित पौडेल (कप्तान), कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी (उप कप्तान), गुलशन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ८ टोलीको सहभागितामा मंसिर १ देखि २७ गते (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म हुने एनपिएलका सबै ३२ खेल ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई […]
November 13, 2025
भैरहवा (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि समिर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ । लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् । कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलबाट आइकोनिकसहित उत्कृष्ट ३ खेलाडी […]