default_image

2 months ago

October 10, 2025

नेपालको लगातार दोस्रो जितमा गुलशनको अलराउन्ड प्रर्दशन

1124 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद)- गुलशन झाले अलराउन्ड प्रर्दशनमा नेपालले आइसिसी टि विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफिक छनोटमा आज जापानलाई ५ विकेटले हराएको छ। 

ओमान क्रिकेट एकेडेमीमा समूहको अन्तिम खेलमा जापानले दिएको १ सय ३२ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा १८ ओभरमा पूरा गर्‍यो। 

नेपालका लागि ओपनरद्वय कुशल भुर्तेलले र आसिफ शेखले पहिलो विकेटका लागि ३६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए थिए।

कुशलले २१ बलमा ३ चौकासहित २१ रन जोडे। आसिफले २१ बलमा ४ छक्का र १ चौकासहित ३८ रन बनाए। दुवै ओपनर आउट भएपछि भने नेपालले लगातार विकेट गुमायो। 

कप्तान रोहिकुमार पौडेल १८ रन, सन्दीप जोरा ५ रन र कुशल मल्ल ४ रनमा आउट भएका थिए। गुलशनले २० बलमा २ छक्का र १ चौकाको साथमा नटआउट २८ रन जोडे । दीपेन्द्रसिंह ऐरीले १४ बलमा नटआउट १४ रन बनाए । जापानका शोमा स्लाटरले २ विकेट लिए।

त्यसअघि टस जितेको नेपालले फिल्डिङ रोज्यो । पहिले ब्याटिङ गरेको जापानले ८ विकेटको क्षतिमा १ सय ३१ रन जोड्यो।

जापानका लागि ओपनर तथा कप्तान कोडावाकी फ्लेमिङ इशम रहमानले दोस्रो विकेटका लागि ८६ रनको महत्वपूर्ण साझेदारी गरे।

फ्लेमिङले ४६ बलमा ५ चौका र ३ छक्कासहित ६० रन जोडे। रहमानले २५ बलमा १ चौका र २ छक्काको मद्दतमा ३१ रन बनाए।

१३औं ओभरको पाँचौ बलमा रहमानलाई सोमपाल कामीले आउट गरेपछि नेपाल खेलमा फर्कियो भने जापानको रन जोड्ने क्रम कमजोर बन्यो ।

अर्को ओभरमा फ्लेमिङलाई गुलशनले रोहित पौडेलबाट क्याच गराएपछि नेपालले जापानलाई दबाब बढायो। 
१३औं ओभरको चौथो बलसम्म १ विकेट मात्र गुमाउँदा ९७ रन जोडेको जापानले थप ३४ रन जोड्दा ब७ विकेट गुमायो। नेपालका गुलशनले झा र सन्दीप लामिछानेले समान विकेट लिए ।

पहिलो दुई ओभरको स्पलेमा विना विकेट २० रन खर्चेका सन्दीपले पछिल्लो स्पेलमा २ विकेट लिए। समग्रमा सन्दीपले २५ रन खर्चे। सोमपाल र नन्दन यादवले समान १ विकेट लिए। गुलशन प्लेयर अफ दि म्याच घोषित भए।

नेपाल र जापान‌ यसअघि नै सुपर सिक्समा पुगिसकेका थिए। जापानलाई हराएसँगै नेपालले २ अंकका साथ सुपर सिक्सको सुरुवात गर्नेछ। सुपर सिक्समा नेपालले जापान बाहेकका ४ टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालले आइतवार युएईसँग खेल्दै सुपर सिक्सको सुरुवात गर्नेछ। युएई र कतारले सुपर सिक्समा पुगिसकेका छन् ।

सुपर सिक्सको शीर्ष तीनमा पर्न टोली अर्को वर्ष सक्ने भारत र श्रीलंकामा हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि छनोट हुनेछ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.