default_image

2 months ago

October 11, 2025

विराटनगर किङ्समा स्कटल्याण्डका ब्याटर

488 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनका लागि स्कटल्याण्डका ब्याटर जर्ज मुन्सेलाई अनुबन्ध गरेको छ।

मुन्से टि ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा विस्फोटक ब्याटिङका लागि परिचित खेलाडी हुन्। उनले स्कटल्याण्डको तर्फबाट ५० भन्दा बढी टि ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

उनको आगमनले टोलािको माथिल्लो क्रम थप बलियो हुने विराटनगरले विश्वास लिएको जनाएको छ।
विराटनगरले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘उनको अनुभव, आक्रामक ब्याटिङ शैली र खेल बुझ्ने क्षमताबाट टोलीमा नयाँ ऊर्जा र विश्वस्तरको गुणस्तर थपिने अपेक्षा गरेको छ।’

नेपाल‌ क्रिकेट संघको आयोजनामा मंसिर १ गते एनपिएलको दोस्रो संस्करण सुरु हुनेछ। पहिलो संस्करणमा जस्तै विराटनगरसहित ८ टोलीले एनपिएलमा प्रतिस्पर्धा गर्नेछन्।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.