default_image

2 months ago

October 12, 2025

नेपाललाई युएईसँग ओमानमा हारको सिलसिला तोड्ने चुनौती

870 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद)- नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच ओमानमा जारी आइसिसी पुरुष टि ट्वान्टी एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्सको आज हुने खेल सम्भवतः यसपटकको सबै भन्दा रोचक र प्रतिस्पर्धात्मक हुन सक्ने सम्भावना छ।

ओमान क्रिकेट एकेडेमीको‌ मैदानमा नेपाली समयअनुसार दिउँसो ४:१५ बजे खेल सुरु हुनेछ। दुबै टोलीका लागि विश्व कप छनोट र उपाधि जित्ने सम्भावना बलियो बनाउनका लागि पनि आजको खेल निकै महत्वपूर्ण छ।

समान २ अंकसहित अघि बढेका यी दुई टोली जारी छनोटमा अपराजित छन् । आजको खेलमा एउटा टोलीको अपराजित यात्रामा पूर्णविराम लाग्नेछ। जित्ने टोलीले भने विश्व कप छनोटसँगै उपाधितर्फ एक कदम अघि बढ्नेछ।

नेपाली टोलीले यसअघि ओमानी भूमीमा महत्वपूर्ण खेलमा त्यो पनि युएईसँग भोगेको हारको शृंखलालाई तोड्नुपर्ने चुनौती छ।

नेपाल र युएईको टि‌ ट्वान्टी पछिल्लो भेट युएईमा नै भएको थियो। त्यो प्रतियोगिता थियो एसिया कप छनोट । त्यसको सेमिफाइनलमा हारेपछि नेपाल लगातार दोस्रो पटक एसिया कप खेल्ने मौकाबाट विमुख हुनुपरेको थियो। त्यति बेला नेपाललाई हराउँदै छनोट चरण पारेको गरेको युएई र ओमानले यसै महिना युएईमा भएको एसिया कप खेलेका थिए।

एसिया कप छनोटको सेमिफाइनलमा हारेको झन्डै डेढ वर्षपछि नेपालले त्यहि मैदानमा युएईको सामना गर्दैछ । अर्को नेपालले युएईलाई ओमानको मैदानमा खेलेको ३ वटा खेलमा हराउन सकेको छैन। त्यो हारको सिलसिलालाई तोड्न आज नेपालले यसअघि छनोटका २ खेलका कमजोरीमा सुधार गर्नै पर्छ।

ओपनर कुशल भुर्तेल र आसिफ शेखको जोडीले राम्रै सुरुवात दिलाए पनि कप्तान रोहित पौडेल, कुशल मल्ल र सन्दीप जोराको ब्याटबाट अपेक्षाकृत प्रदर्शन हुन सकेको छैन। गुलशन झा प्रभावकारी रहँदै आएका छन्।

दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, नन्दन यादवले पनि आफ्नो भूमिकालाई न्याय गरेका छन्। तर टोलीका स्पिनरद्वय सन्दीप लामिछाने र ललित राजवंशीले विकेटका लागि संघर्ष गरिराख्नु पारेको छ।

यसअघि सन्तोषजनक प्रर्दशन गर्नबाट चुकिरहेकाहरुले आजको खेलमा आफ्नो क्षमता त्यो पनि छनोटको बलियो टोलीमध्येको एक युएई विरुद्ध देखाउने हो भने त्यो लामो समयसम्म समर्थकको स्मरणमा रहनेछ।

नेपाली टोलीका कप्तान रोहितले युएई छनोटको बलियो टोलीमध्येको एक भएको बताएका छन् । ‘धेरै पछि सम्मको सोचेका छैनौं। युएई राम्रो टिम हो,’ उनले भनेका छन्,’यो खेलको नतिजा महत्वपूर्ण हुन्छ।‌ हामी तयार छौं। समूह चरणको समाप्तिपछि एक दिनको विश्रामपछि आज सुपर सिक्स सुरु भएको छ।

युएईले पनि नेपाललाई छनोटको बलियो टोलीको रुपमा हेरेको छ । युएईका प्रशिक्षक लालबन्द राजपूतले टोलीको दोस्रो जितपछि भनेका थिए,’ छनोटका दौरान नेपालसँग खेल्नुपर्छ भन्नेमा हामी पक्का थियौं। नेपाल बलियो टोली हो , हामी उनीहरुसँग खेल्न तयार छौं।’

युएईका कप्तान मोहम्मद वासिम र ब्याटर अलिसन सराफुसँग नेपाली‌ टोली सचेत रहनुपर्नेछ । यी दुई ठूलो इनिङका लागि परिचित छन्।

नेपाल र युएईबीच अहिले सम्म १० टि ट्वान्टी आई खेल भएका छन् । जसमा दुबै टोलीले समान ५ खेल जितेका छन्। जारी छनोटको उपाधिमा बलियो दाबेदारीका लागि आज दुबै टोलीले जितका लागि हरसम्भव प्रयास गर्नेछन्।

युएई विरुद्ध नेपालको सम्भावित ११
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल/सन्दीप जोरा, दीपेन्द्र चौधरी, गुलशन झा,मोहम्मद आदिल आलम, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, सन्दीप लामिछाने

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.