default_image

2 months ago

October 12, 2025

युएईविरुद्ध नेपालले टस जित्यो

427 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद)- नेपालले आइसिसी पुरुष टि ट्वान्टी एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्समा आज संयुक्त अरब इमिरेट्स (युएई) विरूद्ध टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ।

ओमान क्रिकेट एकेडेमीको‌ मैदानमा कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङको निर्णय गरेका हुन्। जापान विरूद्धको खेलको सुरूवाती ११ लाई प्रशिक्षक स्टुवार्ट लले निरन्तरता दिएका छन्।

नेपाल र युएई दुवैको लागि विश्व कप छनोट र उपाधि जित्ने सम्भावना बलियो बनाउनका लागि आजको खेल निकै महत्वपूर्ण छ।

समान २ अंकसहित अघि बढेका यी दुई टोली जारी छनोटमा अपराजित छन् । आजको खेलमा एउटा टोलीको अपराजित यात्रामा पूर्णविराम लाग्नेछ। जित्ने टोलीले भने विश्व कप छनोटसँगै उपाधितर्फ एक कदम अघि बढ्नेछ।

नेपाली टोलीले यसअघि ओमानी भूमीमा महत्वपूर्ण खेलमा त्यो पनि युएईसँग भोगेको हारको शृंखलालाई तोड्नुपर्ने चुनौती समेत रहेको छ।

नेपाल र युएईको टि‌ ट्वान्टी पछिल्लो भेट युएईमा नै भएको थियो। त्यो प्रतियोगिता थियो एसिया कप छनोट । त्यसको सेमिफाइनलमा हारेपछि नेपाल लगातार दोस्रो पटक एसिया कप खेल्ने मौकाबाट विमुख हुनुपरेको थियो।

त्यति बेला नेपाललाई हराउँदै छनोट चरण पारेको गरेको युएई र ओमानले यसै महिना युएईमा भएको एसिया कप खेलेका थिए।

एसिया कप छनोटको सेमिफाइनलमा हारेको झन्डै डेढ वर्षपछि नेपालले त्यहि मैदानमा युएईको सामना गर्दैछ । अर्को नेपालले युएईलाई ओमानको मैदानमा खेलेको ३ वटा खेलमा हराउन सकेको छैन। त्यो हारको सिलसिलालाई तोड्न आज नेपालले यसअघि छनोटका २ खेलका कमजोरीमा सुधार गर्नै पर्छ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.