2 months ago
October 12, 2025
मस्कट (हाम्रो खेलकुद)- नेपालले आइसिसी पुरुष टि ट्वान्टी एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई जितको लागि १ सय ४१ रनको चुनौती दिएको छ।
नेपालको लागि आदिफ शेखले अर्धशतक बनाए। ओमान क्रिकेट एकेडेमीको मैदानमा कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङको निर्णय गरे। नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४० रन रन बनायो।
ओपनर कुशल भुर्तेल र आसिफले पहिलो पावर प्लेमा ४५ रन जोडे। नेपालले राम्रो सुरुवात गर्यो। पहिलो विकेटको लागि ५६ रनको साझेदारीपछि कुशल आउट भए। उनी २६ बलमा २ चौका र २ छक्का प्रहार गर्दै २८ रन जोडेर हर्षित कौशिकको बलमा एलबिडब्लु धरापमा परे।
त्यसपछि रोहित क्रिजमा छिरे। आसिफसँग मिलेर ३९ रनको साझेदारी गरेपछि रोहित २० रनमा आउट भए। मोहम्मद रोहिदको बलमा मोहम्मद फारूकको बलमा क्याच आउट भए।
त्यसपछि ४५ बलमस आसिफले अर्धशतक बनाए। उनी ४७ बलको सामना गर्दै ४ चौका र १ छक्का सहित ५१ रन जोडेर आउट भए। आसिफ धुव्र परासरको बलमा बोल्ड आउट भए। यतिखेर नेपालले १६ ओभरमा ३ विकेटको नोक्सानीमा १ सय ३ रन बनाएको थियो।
त्यसपछि बाँकी ४ ओभरमा नेपालले ३७ रन जोड्यो। दीपेन्द्र सिंह ऐरी मात्र १ ,गुलशन झा १४ र कुशल मल्ल १० रनमा आउट भए। गुलशन ५ बलमा २ चौका र १ छक्का प्रहार गरे। सन्दीप जोरा ४ र सोमपाल कामी ६ रनमा अविजित रहे।
बलिङमा जुनेद सिद्दिकी, मोहम्मद रोसिद, जाहुद अलि, हैदर अलि, हरिश कौशिक र धुव्र परासरले १/१ विकेट लिए।
आज भएको पहिलो खेलमा ओमानले कतारलाई ३४ रनले हराउँदै महत्वपूर्ण दुई अंक जोडेको छ। ओमानले २० ओभरमा ६ बिकेट गुमाउँदै १ सय ७२ रन जोड्यो। १ सय ७३ रनको लक्ष्य पछाएको कतार २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३८ रनमा समेटियो।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]