default_image

2 months ago

October 13, 2025

वेस्ट इन्डिजका चन्द्रपाउल जनकपुरको मुख्य प्रशिक्षक नियुक्त

361 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले वेस्ट इन्डिजका लिजेन्ड ब्याटर शिवनारायण चन्द्रपाउललाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ।

चन्द्रपाउललाई प्रशिक्षक नियुक्त गर्नुका साथै उनीसँग दीर्घकालीन सम्झौता भएको जनकपुर बोल्ट्सका प्रबन्ध निर्देशक निरोज खतिवडाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

दीर्घकालीन सम्झौताको बारेमा भने थप खुलाइएको छैन। खतिवडाले चन्द्रपाउलसँगको यो सम्झौताले टिमलाई थप सशक्त बनाउने विश्वास लिएका छन्।‌

एनपिएलको पहिलो संस्करणमा‌ टोलीको प्रशिक्षक पुबुदु दासानायकेले थिए। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक दासानायके अहिले अमेरिकाका प्रमुख प्रशिक्षक हुन्। क्लबले दासानायकेको योगदानको लागि धन्यवाद दिएको छ।

चन्द्रपाउलले वेस्ट इन्डिजका लागि १ सय ६४ टेस्ट र २ सय ६८ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्। दुई दशकभन्दा लामो अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा उनले २० हजारभन्दा बढी रन जोडेका छन्।

उनीसँग क्यारेबियन प्रिमियर लिग (सिपिएल), भाइटालिटी ब्लास्ट, बंगलादेश प्रिमियर लिग, च्याम्पियन्स लिग टि ट्वान्टी र इन्डियन प्रिमियर लिग‌ अनुभव रहेको छ।

सन् २०२२ मा चन्द्रपाउल सिपिएलको फ्रेन्चाइज टोली जमैका तलवाहजका मुख्य प्रशिक्षकको भुमिकामा थिए। सोही वर्ष उनले अमेरिकाको महिला राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकको जिम्मेवारी पनि सम्हालेका थिए।

सुदूरपश्चिम रोयल्सलाई हराउँदै जनकपुर एनपिएलको पहिलो संस्करणको जितेको थियो। दोस्रो संस्करण मंसिर १ गते सुरु हुनेछ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.