default_image

1 month ago

October 13, 2025

विश्व कप छनोटमा नेपाल र कतार भिड्दै

2142 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद)- नेपालले ओमानमा जारी आइसिसी पुरुष टि ट्वान्टी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको सुपर सिक्समा आज कतारसँग खेल्दैछ। खेल नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुनेछ।

हिजो नेपालले युएईलाई १ रनले हराएर सनसनी मच्चाएको थियो। अन्तिम ओभरमा नेपालले खेल आफ्नो पक्षमा पार्दै जारी छनोटमा अपराजित यात्रालाई कायमै राखेको छ।

आज यही सिलसिलालाई निरन्तरता दिएको खण्डमा नेपालको‌ लगातार दोस्रो र समग्रमा तेस्रो पटक विश्व कप खेल्ने संभावना बलियो हुनेछ।

नेपालको बलियो पक्ष अल राउन्ड प्रदर्शन गर्न सक्ने खेलाडी नै हुन्। जुन युएई विरूद्धको खेलमा पनि देखियो। फिल्डिङमा नेपाल सधैं चुस्त रहने गर्दछ छ। नेपालको ब्याटिङ मिडल अर्डरले प्रभावकारिता बढाउन आवश्यक छ। मिडल अर्डरबाट रन बन्न सकेको छैन।

नेपाल सुपर सिक्सको अंक तालिकामा ४ अंक सहित रन रेटको आधारमा दोस्रो स्थानमा छ। पहिलो स्थानमा रहेको ओमानको पनि ४ अंक नै रहेको छ।

सुपर सिक्समा कतारले ओमान सँगको पहिलो खेल गुमाएको थियो। कतारको लागि पनि आज जित्नै पर्ने दबाब रहेको छ। कतार अंक तालिकाको पाँचौं स्थानमा रहेको छ।

समूह चरणमा कतार युएईसँग ७ विकेटले पराजित भएको थियो। अर्को खेलमा मलेसियालाई ८ विकेटले हराएको थियो। यस्तै सुपर सिक्समा कतार ओमानसँग ३४ रनले हारेको थियो।

नेपाल र कतारबीच अहिलेसम्म ३ पटक टी-ट्वान्टी आईमा तीन पटक खेलेको छ। जसमा नेपालले २ खेल जित्दा १ खेल हारेको छ।

November 13, 2025

पारस सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसेडेर

काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्‌का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]

November 13, 2025

एनपिएल ‘डिशहोम गो’ मा हेर्न सकिने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ८ टोलीको‌ सहभागितामा मंसिर १ देखि २७ गते (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म हुने एनपिएलका सबै ३२ खेल ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई […]

November 13, 2025

समिर‌ लुम्बिनी लायन्सको आइकोनिक खेलाडी

भैरहवा (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि समिर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ । लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् । कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलबाट आइकोनिकसहित उत्कृष्ट ३ खेलाडी […]

Success

Thank you for your time.