2 months ago
October 13, 2025
मस्कट (हाम्रो खेलकुद)- नेपालविरूद्ध आइसिसी पुरुष टि ट्वान्टी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको सुपर सिक्समा कतारले टस जितेर फिल्डिङ रोजेको छ।
यो सँगै नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ। प्रशिक्षक स्टुवार्ड लले सुरूवाती ११ एक परिवर्तन गरेका छन्। लेग स्पीनर ललित राजवंशीको स्थानमा अल राउन्डर आदिल अलामलाई मौका दिइएको छ।
हिजो नेपालले युएईलाई १ रनले हराएर सनसनी मच्चाएको थियो। अन्तिम ओभरमा नेपालले खेल आफ्नो पक्षमा पार्दै जारी छनोटमा अपराजित यात्रालाई कायमै राखेको छ। आज यही शीलशीलालाई निरन्तरता दिएको खण्डमा नेपालको तेस्रो पटक विश्व कप खेल्ने संभावना निकै बलियो हुनेछ।
नेपाल सुपर सिक्सको अंक तालिकामा ४ अंक सहित रन रेटको आधारमा दोस्रो स्थानमा छ। पहिलो स्थानमा रहेको ओमानसँग पनि ६ अंक पुगेको छ। आज ओमानले युएईलाई हराउँदै अपराजित यात्रा कायम राखेको छ।
नेपाल र कतारबीच अहिलेसम्म ३ पटक टि -ट्वान्टी आईमा खेलेको छ। जसमा नेपालले २ खेल जित्दा १ खेल हारेको छ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]