2 months ago
October 14, 2025
मस्कट (हाम्रो खेलकुद)- आइसिसी पुरुष टि ट्वान्टी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको सुपर सिक्समा कतार विरूद्धको खेलमा नेपालका स्टार बलर सन्दीप लामिछाने प्लेयर अफ दि म्यान बनेका छन्।
५ रनको नाटकीय र अपत्यारिलो जितमा सन्दीपको बलिङ नै नेपालको जितको कारण बन्यो। सन्दीपले १० औं ओभरमा नेपाललाई ब्रेकथ्रु दिए।
ओपनर इमाल लियानागे र जुबेर अलि क्रिजमा जमे। ५ बलर दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, नन्दन यादव, गुलशन झा र रोहित पौडेलले यी दुईलाई आउट गर्न सकेनन्। ।
१० औं ओभरमा सन्दीपले यी दुईको ७६ रनको साझेदारी तोडे। इमाल ५६ रनमा आउट भए। सन्दीपको यो २ सय ५० औं अन्तर्राष्ट्रिय विकेट हो। नेपालको लागि दोस्रो विकेट पनि सन्दीपले लिए। मुहम्मद असिमलाई १० रनमा आउट गरे। नेपालको लागि पाँचौ विकेट पनि सन्दीपले लिए। उनले साहजेब जानिललाई आउट गरे।
यसपछि अन्तिम ओभर निकै महत्वपूर्ण थियो। नेपाल दबाबमा थियो। कतारलाई जितको लागि ६ बलमा १० रन जरुरी थियो। यो स्थितिमा सन्दीपले मात्र ४ रन दिएर २ विकेट लिए। यो सँगै नेपाल ५ रनको जित निकाल्न सफल रहयो। सन्दीपले ३.५ ओभरमा १८ रन दिएर ५ विकेट लिए।
यो खेलमा लिएको ५ विकेटसँगै उनको अन्तराष्ट्रिय विकेट सङ्ख्या २ सय ५४ पुगेको छ। उनले ओडिआई र टिब-ट्वान्टी आईमा समान १ सय २७ विकेट लिएका छन्। उनले ६२ ओडिआई र ६६ टि-ट्वान्टी आई खेलेका छन्।
प्लेयर अफ दी म्याचको अवार्डपछि सन्दीपले भने ‘१० ओभरपछि निरन्तर अन्तरालमा विकेट गएको र आदिल र दीपेन्द्रले दुई खेलाडीलाई रन आउट गर्नु महत्वपूर्ण रहेको भन्दै टिमले चाहेको बेला र देशले चाहेको बेला मैले मेरो टिम र देशको लागि खेल्नुपर्छ ।’
साथै उनले कप्तान रोहितको अर्धशतक पनि जितको कारण रहेको बताए। नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]