4 weeks ago
October 15, 2025
मस्कट (हाम्रो खेलकुद)- नेपालले तेस्रो पटक टी-ट्वान्टी विश्व कप खेल्ने पक्का भएको छ।
ओमानको मस्कटमा भैरहेको विश्व कप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा नेपाल दुई खेल अगाडि नै १० औं संस्करणको विश्व कपमा छनोट हुन सफल भएको हो। नेपाल लगातार दोस्रो पटक विश्व कपमा पुगेको हो।
आज कतारले जापानलाई र युएईले सामोआलाई हराएपछि नेपाल र ओमान दुवैले भारत र श्रीलंकामा हुने विश्व कपमा स्थान सुरक्षित गरेका हुन्।
यो पटक नेपालले जारी छनोटमा प्रभावशाली प्रदर्शन गरिरहेको छ। अपराजित नेपाल र ओमान दुवैले समान ६ अंक जोडेका छन्।
यसै वर्ष माघ २४ देखि फागुन २४ गतेसम्म हुने विश्व कपमा २० राष्ट्रले खेल्नेछन्। नेपाल र ओमान छनोट भएका १८ र १९ औं राष्ट्र हुन्।
क्षेत्रीय छनोटमार्फत अमेरिकी क्षेत्रबाट क्यानडा, युरोपबाट नेदरल्यान्ड्स र इटाली, अफ्रिकी क्षेत्रबाट जिम्बावे र नामिबिया विश्वकपका लागि छनोट भइसकेका छन्। अब ओमानबाट अर्को एक राष्ट्रको टुङ्गो लाग्नेछ।
गत वर्षको विश्वकपबाट अफगानिस्तान,दक्षिण अफ्रिका, अमेरिका, अस्ट्रेलिया, इङ्गल्याण्ड,बंगलादेश, र वेस्ट इन्डिजले विश्वकपका लागि स्थान सुनिश्चित गरेका थिए।
त्यस्तै, आईसीसी वरीयताका आधारमा आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तानले पनि भारत र श्रीलंकामा हुने ग्लोबल इभेन्टमा आफ्नो स्थान पक्का गरेका छन्। आयोजक भारत र श्रीलंका स्वत छनोट भएका हुन्।
नेपालले पहिलो पटक २०१० मा विश्व कप खेलेको थियो। त्यसको एक दशकपछि गत संस्करणमा नेपालले दोस्रो पटक विश्व कप खेलेको थियो।
November 14, 2025
हेटौंडा (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को साविक विजेता जनकपुर बोल्ट्स र हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसिएल साइन्सेसबीच यो वर्ष पनि सहकार्य हुने भएको छ । जनकपुर र म्यानेजमेन्टको प्रतिनिधिले शुक्रबार हेटौंडामा सम्झौता पत्रमा हस्ताक्षर गर्दै यसवर्ष पनि सहकार्यलाई जारी राख्ने घोषणा गरेका हुन् । जनकपुरको तर्फबाट क्लबका सहलगानीकर्ता महेश सिग्देल र म्यानेजमेन्टका […]
November 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमान्डु गोर्खाजले प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स लिमिटेडसँग प्रायोजन सम्झौता गरेको छ । सोमबारबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन खेल्नेक्रममा रहेको काठमान्डु गोर्खाजको लाइफ इन्सोरेन्स पार्टनरको रुपमा प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स रहने छ । काठमान्डु गोर्खाज र प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स बीच बिहीवार सम्झौता भएको छ । गोर्खाजका कार्यकारी […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]