default_image

2 months ago

October 15, 2025

क्रिकेट टोलीलाई प्रधानमन्त्री कार्कीको बधाई

507 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री सुशीला कार्कीले तेस्रो पटक टी–२० विश्वकपमा स्थान बनाउन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएकी छन्।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री कार्कीले टिम नेपाललाई बधाई दिँदै खेलाडीहरूको अथक परिश्रम, समर्पण र देशप्रतिको प्रतिबद्धताको प्रशंसा गरेकी छन्।

प्रधानमन्त्री कार्कीले लेखेकी छन्, ‘नेपाल तेस्रोपटक (लगातार दोस्रोपटक) टि –२० विश्वकप प्रतियोगिताको लागि छनोट भएकोमा हार्दिक बधाई। यसमा खेलाडी तथा सम्पूर्ण टिमको अथक मेहनतको सह्राहना गर्दछु। विश्वकपमा उम्दा प्रदर्शनका लागि शुभकामना व्यक्त गर्दै क्रिकेटको विकासमा सरकारको साथ र सहयोग रहने विश्वास पनि दिलाउन चाहन्छु।’

नेपालले ओमानको मस्कटमा भइरहेको एसिया इस्ट एसिया प्यासिफिक छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै २ खेल अगावै विश्वकपका लागि स्थान पक्का गरेको हो।

यो सँगै नेपालले सन् २०२६ मा भारत र श्रीलंकामा हुने टि–२० विश्वकपमा तेस्रो पटक भाग लिने भएको छ। नेपालले यसअघि २०१४ र २०२४ मा विश्व कप खेलेको थियो।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.